काठमाडौं- सरकारले ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ। कोरोना संक्रमण बढेसँगै जारी गरिएको निषेधाज्ञापछि बन्द आन्तरिक उडान खुला गर्ने निर्णय गरिएको हो।
हिजो सोमबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले सामान्य अवस्थामा हुने उडानकाे आधारमा ५० प्रतिशत भन्दा बढी क्षमतामा नबढ्ने गरि आन्तरिक उडान सञ्चालनमा ल्याउने निर्णय गरेको हो।
आन्तरिक उडान वैशाख २० गतेबाट बन्द गरेकाे थियाे। उडानकाे व्यवस्थापन गर्ने जिम्मा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिइएको छ। उडान कहिलेबाट सञ्चालन गर्ने भन्ने निर्णय मन्त्रालयले नै गर्नेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।