काठमाडौं- नेपाल प्रहरीका उच्च अधिकारीहरूका बर्दीसहितका तस्वीर दुरुपयोग गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
केन्द्रीय साइबर ब्यूरोले प्रहरी अधिकारीका बर्दीसहितका तस्वीर दुरुपयोग गरेको आरोपमा भक्तपुरको चाँगुनारायण नगरपालिका-६ खरिबोटका २० वर्षीय इसान लामिछानेलाई सोमबार पक्राउ गरेको हो।
काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान सुरु गरिएको ब्यूरोका प्रवक्ता नवीन्द अर्यालले जानकारी दिए।
लामिछानेले सामाजिक सञ्जाल क्लब हाउसमा नेपाल प्रहरीको नाममा ओपन सोसियल रुम बनाई बर्दीसहितका प्रहरीका उच्च अधिकारीका फोटो राखी चलाएका थिए।
प्रहरी अधिकारीका बर्दीसहितका तस्वीर राखेर फेक आइडी बनाई प्रहरीको छविमा नकारात्मक प्रभाव पार्ने, प्रहरी संगठनको छविलाई धुमिल्याउने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।