भारत– शाहरुख खानकी छोरी सुहानाको जबरजस्त फ्यान फलोइङ छन्। बलिउडमा सबैभन्दा लोकप्रिय स्टार किड्स मध्येकी एक सुहाना सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्।
सुहाना यस समय न्यूयोर्कमा छिन् र बेलाबेलामा आफ्नो तस्वीर र भिडियोको माध्यमबाट फ्यानसँग सम्पर्कमा रहन्छिन्।
स्टारकिडको विभिन्न समयमा आउने तस्वीरलाई उनका फ्यानहरुले मन पराउने गरेका छन्।
सुहाना आफ्नो शरीरलाई लिएर निकै चनाखो छिन् र त्यसका लागि जिममा जाने गरेकी छिन्। जीममा गएर अभ्यास गर्दै पसिना काड्नु र आफूलाई स्वस्थ राख्नु उनको नियमित काम हो। यसले गर्दा उनको शरीर थप आकर्षक देखिएको छ। जीममा गएको बेलमा उनी समय समयमा सामाजिक सञ्जालमा तस्वीर र भिडियो राख्ने गर्छिन्।
एक पटक पुन उनले यस्तै तस्वीर सेयर गरेकी छिन्।
सुहानाले सामाजिक सञ्जाल एकाउन्टमा एक तस्वीर शेयर गरेहकी छिन् जहाँ उनी जिम सेन्टरमा देखिएकी छिन्।
ऐनामा खिचिएको सेल्फीमा २१ वर्षीया सुहान निकै आकर्षक देखिएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।