काठमाडाैं- बलिउड अभिनेता अनुपम खेरले आफू कहिल्यै राजनीतिमा नआउने बताएका छन्।
सोमबार शिमलामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफू राजनीतिमा नआउने प्रष्ट पारेका हुन्।
‘म राजनीतिमा आउने सवाल नै उठ्दैन,’ उनले भने। सन् २०१७ मा अनुपमले हिमाचल प्रदेश विधानसभा चुनाव लड्ने कुरा चलेको थियो।
यसबारे उनले भने, ‘तपाईं कसैसँग हात मिलाउनुहुन्छ भने मानिसहरु उनीहरुको फाइदा अनुसार परिणाम कोर्न लाग्छन्।’
अनुपम प्रायः देशको वर्तमान राजनीति अवस्थाबारे आफ्ना धारण सामाजिक सञ्जालमा राख्दै आएका छन्। तर, उनले राजनीतिमा आउने हल्लालाई नकारेका छन्।
उनका श्रीमती किरण खेरको स्वास्थ्यको बारेमा बोल्दै उनले अहिले सुधारोन्मुख रहेको जनाकारी दिए। उनी चण्डिगढबाट भारतीय जनता पार्टीको सांसदमा विजयी भएकी थिइन्। किरण अहिले रक्त क्यान्सरबाट पीडित छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।