काठमाडाैं- गृह मन्त्रालयले नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ।
गृहमन्त्रीस्तरीय निर्णयबाट सोमबार एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बागमती प्रदेश प्रहरी कार्यलय हेटौंडाका एसएसपी टेकबहादुर तामाङलाई प्रदेश १ तालिम केन्द्र विराटनगर सरुवा गरिएकाे छ। एसएसपी मीरा चौधरीलाई पनि साेही स्थान सरुवा गरिएकाे छ।
यस्तै, नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालका एसएसपी किशाेरकुमार दाहाललाई नेपाल प्रहरी प्रदेश कार्यालय पर्सा, विरगञ्ज सरुवा गरिएकाे छ। उमाशंकर पन्जियारलाई पनि विरगञ्ज सरुवा गरिएकाे छ।
श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय काभ्रेपलाञ्चोक, बनेपा सरुवा गरिएकाे छ।
हेर्नुहोस् को कहाँ पुगे?



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।