सप्तरी– गोठाला गएकी एक बालिकाको हत्या आरोपमा सप्तरी प्रहरीले सोमबार २ जनालाई पक्राउ गरेको छ।
डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने रामउदगार यादवकी छोरी ९ वर्षीया शिवानीकुमारीको हत्या आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादव र राजु यादवलाई नियन्त्रणमा लिएको हो।
हँसियाले घाँटी काटेर हत्या गरिएको अवस्थामा गत शुक्रबार शिवानीको शव हटेल पुवरिया टोलस्थित फूलबारीमा फेला परेको थियो। शवको परीक्षण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार भएको छ।
यौन दुर्व्यवहारपछि हत्या गरेका आरोपमा रोहितलाई पक्राउ गरेपछि थप अनुसन्धानका लागि सोमबार राजुलाई समेत सोधपुछ गर्न नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ।
हत्याका मुख्य आरोपित रोहित भएको खुलिसकेको र सहयोगीहरु हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।