काठमाडौं– संघीय 8वादी फोरमले सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली भोलिसम्मा टुंगो लगाउने भएको छ।
बुधबार बसेको संसदीय दलको बैठकले सरकारमा जाने मन्त्रीहरुको नामावली बिहीबार बिहानसम्म टुंगो लगाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने निर्णय गरेको हो। अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा पार्टीबाट २ जना मन्त्री सरकारमा सामेल हुने भएका छन्।
संसदीय दलको बैठकमा यसबारे छलफल भए पनि कसलाई पठाउने भन्ने टुंंगो लगाउन भोलि बिहान ८ बजे पार्टी केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ। सोही बैठकले मन्त्री बन्नेहरुको नामावली तय गरी प्रधानमन्त्री ओलीलाई बुझाउने निर्णय गरिएको अध्यक्ष यादवले जानकारी दिए।
संसदीय दलको बैठकले सोमबार नेपाल कम्युनिष्ट पार्टीसँग सरकारमा सामेल हुनगरी गरिएको २ बुँदे सहमतिलाई अनुमोदन पनि गरेको अध्यक्ष यादवले जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।