काठमाडौं– फिल्म ‘बोबी’ को रोमान्टिक गीत सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत ‘आँखाको नानी’ सार्वजनिक गरिएको हो। गीतामा उमेश थापा र कविता गुरुङको अभिनय रहेको छ।
बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा राजेश पायल राई र दीपा लामाको स्वर रहेको छ। गीतको सम्पूर्ण छायांकन नर्वेमा गरिएको हो।
मिलन चाम्सद्वारा निर्माण गरिएको फिल्म उमेश र कविताको वास्तविक जीवन कथामा आधारित छ। यो जोडीको साथमा विजय लामा, रुवि राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पूर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ।
फिल्मको स्क्रिप्ट सञ्चारकर्मी नरेश भट्टराईले लेखेका हुन् ।
फिल्म असार २९ बाट प्रदर्शनमा अाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।