• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विपक्षी गठबन्धन : समेटिन थाले नागरिक सरोकार पनि

64x64
किशोर दहाल शनिबार, असार ५, २०७८  १२:३०
1140x725

काठमाडौं- गत जेठ ८ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी गर्दै भने- ‘राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय, अन्योल र अराजकता सिर्जना गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एकताबद्ध भई राजनीतिक र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटिबद्ध छौं।'

जेठ ७ गते राति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरि मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि त्यसको विरोधमा रहेका प्रमुख राजनीतिक शक्तिहरुले वक्तव्यमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका थिए। वक्तव्य सार्वजनिक गर्नुअघि उनीहरुले संसद् भवन नयाँ बानेश्वरमा बैठक पनि गरेका थिए। वक्तव्यमा हस्ताक्षर गर्नेहरुले देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए। जसअनुसार देउवाले जेठ ७ गते १४९ जना सांसद्को हस्ताक्षर सहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेश गरेका थिए। तर, प्रधानमन्त्री ओलीले पनि दाबी पेश गरेका कारण राष्ट्रपति भण्डारीले दुवै दाबीलाई अस्वीकृत गरिदिइन्। र, ओलीले दोस्रो पटक प्रतिनिधि सभामाथि प्रहार गरे।

जेठ ८ गतेको कटिबद्धता अनुसार राजनीतिक रुपले खासै प्रतिवाद भएका छैनन्, केही दिनको अन्तरमा वक्तव्य प्रकाशित गर्नुबाहेक। कोरोना महामारीका कारण दलीय कार्यक्रम आयोजना हुन सक्ने स्थिति पनि छैन। सुरुवातमा ती दलका भातृ संगठनले विरोधका केही कार्यक्रमहरु आयोजना गरेका थिए, त्यो पनि अहिले छैन। तर, कानुनी लडाइँ भने जारी छ। जेठ १० गते १४६ जना ‘सांसद्’ले सर्वोच्चमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ।

पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि नै विपक्षीहरुबीच संयुक्त मोर्चा बनाउने प्रयास भएको थियो। तर, दलहरु सफल भएनन्। दलहरुले आ-आफ्नै ढंगले कार्यक्रम गरेका थिए। जेठ ७ गते देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दा गठबन्धनको सिर्जना हुनसक्यो। त्यसयता विपक्षी गठबन्धन झन्‌-झन् कसिलो बन्दै गएको छ। परिणामतः राष्ट्रको सकसपूर्ण समयमा देखिने खालको दलीय एकता यतिबेला पनि देखिएको छ। देशको राजनीतिक आवश्यकताले नै गठबन्धन बनेको बताउँछिन्, राजमो उपाध्यक्ष पौडेल। ‘प्रतिगमनको पाइला दिनप्रतिदिन अगाडि बढिरहेको छ। त्यसलाई परास्त गर्नका निम्ति गठबन्धन बनेको हो’, उनी भन्छिन्।

ओलीले प्रतिनिधि सभा विघटन गरेका कारण कसिलो भएको गठबन्धनको असन्तुष्टि सोही विषयमा मात्रै सिमित भने छैन। उनीहरुले आफ्नो वक्तव्यमा ‌ओलीले संविधानमाथि प्रहार गरेको कुरालाई प्रमुखता दिने गरेका छन्। तर, लगातार सार्वजनिक भइरहेका विज्ञप्तिमा विषयको विविधता पाउन सकिन्छ। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमका अतिरिक्त अध्यादेशबाट ल्याइएको बजेट, बजेटका व्यवस्था, कोभिड, चुरेमाथि सरकारको वक्रदृष्टिदेखि बाढी-पहिरो जस्ता विषय समेत संयुक्त वक्तव्यको विषय बनिरहेका छन्।

खास राजनीतिक पार्टीले कतिपय चर्चामा आएका र सान्दर्भिक विषयमा पार्टीको तर्फबाट धारणा सार्वजनिक गर्नु स्वाभाविक र नियमित घटना हो। तर, प्रत्यक्ष राजनीतिसँग नजोडिएका विषयहरुमा समेत समान धारणा बनाउने र त्यसलाई वक्तव्यमार्फत सार्वजनिक गरिएका घटना खासै पाइँदैन। नेपालका मुख्य राजनीतिक दलहरुबीच, तिनका शीर्ष नेतृत्वबीच पर्यावरणदेखि बाढी पहिरोले पुर्‍याएका क्षतिसम्मका विषयमा छलफल हुनु नै दुर्लभ घटना हो। नत्र त, दलहरुका आफ्ना बैठक र संयुक्त बैठक दलीय राजनीतिक विषयसँग मात्रै सम्बन्धित हुने गरेका पाइन्छन्।

दलहरुले सामाजिक सरोकारका अन्य विषयमा पनि कुरा उठाउन बाध्य हुनुमा सञ्चार माध्यमदेखि नागरिक समाजसम्मको दबाबले काम गरेको बताउँछन्, राजनीतिक विश्लेषक श्याम श्रेष्ठ। जनताको सरोकारमा दलहरु नबोल्ने भए दलहरुको कुर्सीको सरोकारमा जनता किन बोल्ने भनेर प्रश्न उठ्न थालेपछि दलहरुले अन्य विषयलाई पनि प्राथमिकता दिन थालेको उनको भनाइ छ। ‘जनतालाई कोरोनाले आपत पार्दा नबोल्ने। बाढीले मान्छे बगाउँदा नबोल्ने। जनताको अन्य सरोकारमा नबोल्ने। अनि खालि संसद् विघटनको विषयमा मात्रै बोल्दा उनीहरुले आफ्नो कुर्सीको विषयमा मात्रै बोलिरहेका छन् भनेर जनता रिसाइरहेका छन् भनेर आलोचना भइरहेको थियो। त्यसपछि जनतासँग जोडिएको विषयमा पनि बोल्न थालेका हुन्’, उनले भने, ‘यसरी बोल्न थाल्नु राम्रो कुरा हो। यसले जनता र दलहरुबीचमा टुटेको तार जोडिन थालेको सन्देश दिन्छ।’ 

तत्कालीन अवस्थामा संविधान र लोकतन्त्र मास्ने ‘ग्रान्ड डिजाइन’ अन्तर्गत प्रधानमन्त्री ओली अगाडि बढेकाले गठबन्धन बनाएर प्रतिवाद गर्नु परेको विपक्षी दलका नेताहरु बताउँछन्। नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गठबन्धनलाई अझै विस्तार गर्ने निर्णय गरेको छ। उसले प्रधानमन्त्री ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रुपमा अगाडि बढ्ने निर्णय गरेको हो। संविधान, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि विपक्षी गठबन्धनलाई बलियो बनाएर जाने निर्णय कांग्रेसले गरेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

विपक्षी गठबन्धनलाई अझ बलियो बनाउने कांग्रेसको निर्णयशुक्रबार, असार ४, २०७८

गठबन्धनका दलहरुबीचको सहकार्य चुनावसम्मै लम्बिने पनि नेताहरुको भनाइ छ। राष्ट्रिय सभाका दुई उपनिर्वाचनले त्यसको संकेत पनि गरिसकेको छ। बागमती र लुम्बिनी प्रदेशमा हालै भएका उपनिर्वाचनमा माधव नेपाल निकट उम्मेदवार र कांग्रेस उम्मेदवार विजयी भएका थिए। ‘वामपन्थी डेमोक्रेट अलाइन्स लामो समय लिएर जानुपर्छ। संसद पुनःस्थापना भएपछि मूर्त रुपमा निर्वाचनदेखि सरकारसम्म यो अलाइन्स जानेछ। यो लामो समय सहकार्य गर्नेछ। चुनावमा तालमेलभन्दा पनि सहकार्य हुनेछ’, जसपाका नेता महेन्द्र राय यादवको भनाइ छ।

यो पनि पढ्नुहोस्

महन्थ-राजेन्द्रले साथ नदिएको भए संसद् विघटन गर्न ओलीको हिम्मत हुने थिएन : महेन्द्र राय यादव [अन्तर्वार्ता]बुधबार, असार २, २०७८

विपक्षी गठबन्धनमा आबद्ध दलहरुमै रहेका पूर्वप्रधानमन्त्रीहरुले समेत यसबीचमा वक्तव्य सार्वजनिक गरेका छन्। गत जेठ २९ गते सार्वजनिक वक्तव्यमा अन्य कुराको अतिरिक्त नेपालको आन्तरिक मामलामा बाह्य चलखेल हुन नपाओस् भनेर ध्यानाकर्षण गराइएको छ। ‘नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्ने र नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिहरुको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहन्छौँ’, वक्तव्यमा भनिएको छ।

त्यसका अतिरिक्त उनीहरुले कोरोना महामारी; खोपको अनुपलब्धता; श्रमजीवी र कमजोर वर्गको कठिनाइ; ढुंगा, बालुवा, गिट्टी निकासीको विषयमा पनि धारणा सार्वजनिक गरेका छन्। पूर्वप्रधानमन्त्रीहरुले यसरी बोल्नु राम्रो विषय भएको विश्लेषक श्रेष्ठको ठम्याइ छ। ‘पूर्वप्रधानमन्त्रीहरुले जनताको मुद्दामा पनि बोल्न थालेका छन्। यसलाई राम्रो कुराको संकेतको रुपमा लिन्छु म। तर यो बोलेको पुगेको छैन। एक छाक खान नपाउनेहरुको पक्षमा उनीहरु अझै बोलेका छैनन्। त्यस विषयमा पनि बोल्नुपर्छ। मिडिया र नागरिक समाजले उठाइरहेको विषयमा पूर्वप्रधानमन्त्रीहरुले पनि बोल्न थालेपछि त्यो आवाज अझै मजबुत हुन्छ’, उनको भनाइ छ।

०००

यसरी कसिलो बन्दैछ विपक्षी गठबन्धन
जेठ ८- प्रतिनिधि सभा विघटनको विरोध। प्रधानमन्त्री ओलीले संविधानमाथि आघात पुर्‍याएको र राष्ट्रपतिले संवैधानिक दायित्व निर्वाह नगरेको उल्लेख। मुलुकमा राजनीतिक अनिश्चय, अन्योल र अराजकता सिर्जना गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एकताबद्ध भई राजनीतिक र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न कटिबद्ध रहेको भनाइ।

जेठ १६- अध्यादेशबाट बजेट ल्याउने कार्यले ओलीद्वारा संविधान उल्लंघन भइरहेको पुनः पुष्टि भएको भनाइ। सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई आग्रह। संविधान र लोकतन्त्रको पक्षमा सशक्त आवाज उठाउन आह्वान।

जेठ २२- कोभिड १९ संक्रमण, रोकथाम, नियन्त्रण र उपचारमा जिम्मेवार बन्न तथा लामो निषेधाज्ञाका कारण दैनिक रोजीरोटी गुमाउन पुगेका गरीब, असहाय र श्रमजीवी जनताका लागि विशेष राहत प्याकेज घोषणा गर्न सरकार समक्ष माग। मन्त्रिपरिषद् पुनर्गठन गरेर प्रधानमन्त्रीले लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गरेको भनाइ। बजेटमा ढुंगा, बालुवा र गिट्टी निकासी गर्ने भनिएको घोषणा राष्ट्रघाती र जनघाती भएको ठहर। साथै, बजेटमार्फत नुन आपूर्तिमा गरिएको नीतिगत परिवर्तनमा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशाय रहेको भनाइ।

असार ३- सरकार प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्वतयारी नगरी गैरजिम्मेवार रहेको भनाइ। बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन सरकार समक्ष माग।

०००

पाँच पूर्वप्रधानमन्त्रीको वक्तव्य (जेठ- २९)- नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्ने र नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिहरुको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि सबैको ध्यान आकर्षित। ढुंगा, बालुवा र गिटी निकासी गर्ने निर्णय आफ्नो घरमा आगो लगाएर अरुको हितको लागि खरानी बेच्ने जस्तो भएको भनाइ। प्रधानमन्त्री ओलीबाट निरन्तर अलोकतान्त्रिक कार्यहरु भइरहेको भन्दै भर्त्सना। 

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्