काठमाडौं– अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने गोलीसहित उदयपुर प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगढाका ५० बर्षीय पर्शुराम चौधरी छन्।
मोतिगढास्थित घरमा बस्दै आएका चौधरीले हतियार लुकाएर राखेको भन्ने सुचनाको आधारमा बुधबार राति १० बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट मेड 'इन यूएसए' लेखिएको अटोमेटिक पेस्तोल थान १ र गोली ५ राउण्ड फेला पारेको थियो।
थप अनुसन्धान गर्ने क्रममा उनकै कोठाबाट अखिल नेपाल ट्रेड युनियन महासंघ लेखिएको सहयोग रसिद ८ ठेली, नेकपा माओबादी केन्द्र लेखिएको सदस्यता पत्र थान ३, अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको सदस्यता पत्र थान ८५ समेत फेला परेको पनि प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका चौधरी उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।