धनगढी– कैलालीमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा ५१ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
गत जेठ २७ गते आफ्नै घरमा मृतावस्थामा फेला परेकी बालिकाको घटना शंकास्पद देखिएपछि शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाई विभिन्न व्यक्तिसँग सोधपुछ गरिएको थियो।
मृतकका बाबुले २७ गते आफ्नै भैँसी गोठमा लगी जबरजस्ती करणी गरी झुण्ड्याई हत्या गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रनाउ विष्टले बताए।
पक्राउ परेकाविरुद्ध ज्यानसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।