काठमाडौं– गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग फोनमार्फत फिरौती माग्ने १ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।
बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तवलाई एनसेलको अपरिचित नम्बरबाट फोन तथा म्यासेज गरेर १५ लाख रुपैयाँ धरौटी माग्नेलाई प्रहरीले पक्राउ गरेको हो।
सुवर्ण गाउँपालिका–४ हर्दिया टोल बस्दै आएका २८ वर्षीय मुकेश प्रसाद यादव छन्। प्रहरीका अनुसार पक्राउ परेका मुकेश सुवर्ण गाउँपालिकाको कार्यालय कार्यालय सहयोगीको रुपमा कार्यरत करारका कर्मचारी गगनदेव राउत अहिरका छोरा हुन्।
प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले आफूलाई अपरिचित नम्बरबाट फोन र एसएमएसमार्फत धम्की दिँदै फिरौती मागिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए।
श्रीवास्तवले एसएमएस र फोन कलको अडियो रेकर्ड समेत उपलब्ध गराएपछि अनुसन्धानमा जुटेको प्रहरीले मुकेशलाई पक्राउ गरेको हो।
पक्राउ परेका मुकेशमाथि आपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।