काठमाडौं- नाबालिकाको फेसबुकमा अश्लील भिडियो र फोटो पठाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको साइबर ब्युरोले कामठाडौंको डल्लु बस्ने २६ वर्षीय सानु पोडेललाई पक्राउ गरेको हो।
उनले एक अपरिचित महिलाको अश्लील भिडियो र फोटो एक नाबालिकाको फेसबुक म्यासेन्जरमा पठाउने गरेको ब्युरोका एसएसपी नविन्द अर्यालले बताए।
त्यसैगरी सामाजिक सञ्जाल फेसबुक, टिकटक, युट्युबमा राखिएका विभिन्न व्यक्तिको फोटो, भिडियो दुरुपयोग गरी फोटोसप प्रयोग गरी इडिट गरेर चरित्र हत्या हुनेगरी राख्ने गरेको आरोपमा अर्का एक जनालाई पनि ब्युरोले पक्राउ गरेको छ। बागलुङ नगरपालिका-८ का ५२ वर्षीय रामेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बागलुङको सहयोगमा उनलाई बागलुङबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को कसुरको अपराधमा सात/सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।