काठमाडाैं- नेपाल प्रहरीको डाक्टर र मेडिकल प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्दै फार्मेसी सञ्चालन गर्दै आएका एक व्यक्ति पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखा खटिएकाे बिशेष प्रहरी टोलिले काठमाडाैं तारकेश्वर नगरपालिका ६ बस्ने वर्ष ४४ को कृष्णप्रसाद ढुङ्गानालाई पक्राउ गरेकाे हाे
महाशाखाका अनुसार प्रहरीको पोशाक लगाएको फोटो फेसबुकमा राखेर नपाएको ओहोदा/ पदवी पाएको भनि भ्रम सिर्जना गर्दै आएका थिए।
यस्तै, उनले आफूलाईमेडिकल डाइरेकटरएसके ढुङ्गना बताउँदै तारकेश्वर नगरपालीकामा भिक्टोरिया फार्मेसी पनि सञ्चालन गर्दै आएका थिए।
उनकाे साथबाट नेपाल प्रहरीको बिभिन्न पदहरूको यूनिफर्म लगाएका फोटा ३, प्रहरी नायब उपरीक्षकको यूनिफर्म १, प्रहरीको जर्सि १ र मोबाइल सेट १ थान बरामद गरिएकाे छ।
यसबारे थप आवश्यक अनुसन्धान भइरहेकाे महाशाखाले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।