काठमाडाैं- मेलम्ची खानेपानी आयोजनाबाट आउने पानी रोकिने भएपछि काठमाडाैं उपत्यकामा खानेपानी वितरणको तालिका फेरिएको छ।
काठमाडाैं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले घरघरमा खानेपानी वितरण गरिने तालिका परिवर्तन गरेको हो। परीक्षणको रुपमा मेलम्चीको सुरुङबाट गत चैत १५ गतेबाट दैनिक १७ करोड लिटर पानी काठमाडाैंमा आइरहेको थियो। तर, असार १ गतेबाट सुरुङ खाली गराउने भएकाले अब करिब दुई महिना त्यहाँबाट आउने पानी रोकिने भएको हो।
केयूकेएलले असार १ गतेबाट लागू हुनेगरी सार्वजनिक गरेको नयाँ तालिका अनुसार उपत्यकामा अब दुईदेखि १२ दिन बिराएर मात्र पानी वितरण हुनेछ।
कीर्तिपुर वितरण केन्द्रबाट दुई दिन, भक्तपुरबाट चार दिन तथा बाँसबारी र पानीपोखरीबाट पाँच दिन बिराएर खानेपानी वितरण गरिने केयूकेएलले जानकारी दिएको छ।
यसैगरी महाँकालचाैर, मिनभवन, अनामनगर र ठिमी बोडेस्थित पानीपोखरीबाट सात/सात दिनमा पानी छाडिनेछ। बालाजु वितरण केन्द्रबाट नाै दिनको अन्तरमा पानी वितरण गरिनेछ।
ललितपुरको सैंबु वितरण केन्द्रबाट धारा जडान भएका घरहरुमा भने १२ दिनमा एक पटक मात्र पानी आउनेछ।
यस्तो छ धारामा पानी आउने तालिका:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।