काठमाडौं- लामो समयदेखि उपचाररत चलचित्र छायांकार राम शंकर प्रधानको निधन भएको छ।
७२ वर्षीय प्रधानको आइतबार राति वीर अस्पतालमा निधन भएको हो। उनी लामो समयदेखि डायलासिस गराउँदै आएका थिए।
छायांकार प्रधानले ‘फेरि तिम्रो याद आयो’, ‘चलचित्र’, ‘त्रिनेत्र’ ‘अजम्बरी नाता’ लगायत दर्जनौं नेपाली चलचित्र खिचेका छन्।
प्रधानको सोमबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। दिवंगत प्रधानका श्रीमती, दुई छोरी र एक छोरा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।