काठमाडौं– गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रमभन्दा अगाडि नै बजेट ल्याउने भएको छ।
संविधानमा गरिएको व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गतेसम्म बजेट ल्याइसक्नुपर्ने हुन्छ। नीति तथा कार्यक्रम ल्याएर संसदमा पेस गरी छलफल भइ पारिता गर्दासम्म ढिलो हुने भएकाले पहिले बजेट ल्याउने तयारी गरिएको हो।
‘नीति तथा कार्यक्रम ल्याउँदा ढिलो हुने भएकाले पहिले बजेट ल्याउने र बजेट पछि मात्रै नीति तथा कार्यक्रम ल्याउने तयारी भएको छ,’ कृष्णचन्द्र नेपाली पोखरेलनिकट एक सांसदले भने, ‘सम्भवतः बजेट पास भइसकेपछि मात्रै नीति तथा कार्यक्रम आउँछ होला।’
नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ विश्वासको मत पाउन असफल भएपछि कांग्रेसका पोखरेलको नेतृत्वमा शनिबार मात्रै गण्डकीमा नयाँ सरकार गठन भएको छ।
नवगठित सरकारका मुख्यमन्त्री पोखरेलले शनिबारै ४ जना मन्त्रीलाई पनि नियुक्त गरेका छन्। तर, आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी कसैलाई दिएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।