काठमाडाैं– बलिउडकी चर्चित नायिका मनिषा कोइरालाले तयार पारेको फिल्म ट्राइवे फिल्म फेस्टिभलको प्रतिक्षित सूचीमा परेको छ। कोइरालाको इन्डिया स्वीट एण्ड स्पाइसिज नाम फिल्म उक्त फेस्टिभलको प्रतिक्षित सूचीमा परेको हो।
मनिषाको फिल्मसँगै अन्य ११ फिल्म प्रतिक्षित सुचीमा छन्। भारतीय सञ्चार माध्यमका अनुसार जुन २० सम्ममा हुने महत्वपूर्ण र चर्चित फेस्टिभलमध्ये ट्राइबे फिल्म फेस्टिभल पनि एक हो। फेस्टिभल आगामी बुधवार न्युयोर्कमा सुरु हुनेछ।
गीता मलिकले निर्देशन गरेको मनिषाको फिल्मले कलेज पढ्ने युवतीको प्रेमकथा देखाएको छ। मनिषाको फिल्म ट्राइबे फिल्म फेस्टिभलको प्रतिक्षित सूचीमा पर्नु बलिउडकर्मीले मत्वपूर्ण मानेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।