काठमाडौं– अभिनेता राजेश हमालले बुधबार जन्मदिन मनाएका छन्।
उनको जन्मदिनको अवसर पारेर शुभेच्छुक शुभचिन्तकले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका थिए। हमालले जन्मदिनको दिन झण्डै आधा दर्जन केट काटे। हमालले आफ्नो जन्मदिनमा केक काटिएको भिडियोहरु सामाजिक सञ्लालमा सेयर गरेका छन्।
त्यसमध्ये हमालले काटेको एउटा केकको भने अहिले चर्चा चलिरहेको छ। उनले नवनिर्मित धरहरामा पुगेर केक काटेका थिए जसको भिडियो अहिले भाइरल बनेको छ।
हमालले धरहराको सबैभन्दा माथि रहेको बादर्लीमा केक काटेका थिए। फिल्मकर्मी शिवराज कार्कीले हमालले धरहरामा केक काटेको भिडियो सामाजिक सञ्जालमा राखेका थिए।
कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धरहरामा काम गर्ने मजदुरहरुको हौसला बढाउन महानायकज्यूले आफ्नो जन्म दिन धरहरामा केक काटेर मनाउँदै।’
त्यसअवसरमा हमाल पत्नी मधु भट्टराईपनि उपस्थित थिइन्। धरहरा पुनर्निमार्णको काममा खटिएका कामदार, श्रमिक र केही शुभेच्छुकको उपस्थितिमा हमालले केक काटेका थिए।
वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहरा उद्घाटन गरेका थिए तर सर्वसाधारणलागि भने खुला गरिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।