भारत- बलिउड अभिनेत्री कंगना रणौतले काम नपाएका कारण समयमा आयकर(ट्याक्स) तिर्न नसकेको बताएकी छिन्।
मंगलबार राति इन्स्टाग्राम स्टोरीमा कंगनाले आधा ट्याक्स अझै तिर्न बाँकी रहेको बताएकी हुन्।
कंगनाले लेखेकी छिन्, ‘म सबैभन्दा धेरै ट्याक्स तिर्ने वर्गमा पर्छु र आफ्नो आयको लगभग ४५ प्रतिशत हिस्सा ट्याक्सको रुपमा तिर्छु। सबैभन्दा धेरै ट्याक्स तिर्ने अभिनेत्री भएपनि काम नभएका कारण पछिल्लो वर्षको आधा ट्याक्स तिर्न सकेको छैन। मेरो जीवनमा पहिलो पटक कर तिर्न ढिला भएको छु।’
कंगनाले बाँकी रहेको रकममा व्याज लागिरहेको छ तर त्यसले मलाई कुनै समस्या छैन। यो समय आफूहरुको लागि मुस्किलको समय भएपनि एकजुट भइ मजबुद बन्ने उनको भनाइ छ।
कामको कुरा गर्ने हो भने कंगनाको फिल्म थलाइवी रिलिज कुरेर बसिरहेको छ। कयौं भाषामा बनेको यो फिल्मलाई कोरोना महामारीको उछालका कारण रोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।