दमास्कस- इजरायली सेनाले आफ्नाे भूभागमा हवाई आक्रमण गरेकाे सिरियाले आराेप लगाएकाे छ। सरकारी समाचार एजेन्सी सानाले मध्य सिरियाकाे दमास्कस शहरमा मंगलबार अबेर आक्रमण गरेकाे जनाएकाे हाे।
इजरायली विमानहरू लेबनानको एयर स्पेसबाट आएकाे समाचारमा उल्लेख छ। इजरायलले गरेकाे आक्रमणबाट कुनै हताहत वा क्षति भएको उल्लेख गरिएको छैन।
तर, सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स (एसओएचआर)ले समाचार एजेन्सी एएफपीलाई दिएकाे जानकारी अनुसार मंगलबार दिउँसो भएको आक्रमणमा कम्तिमा ११ सरकार समर्थक लडाकु मारिएका थिए।
एसओएचआर प्रमुख रामी अब्दुल रहमानले भने, ‘कम्तीमा सात सैनिक र चार राष्ट्रिय रक्षा सेना मिलिजामिन मरिएका छन्।’
बेलायतस्थित युद्ध अनुगमनकर्ताका अनुसार होम्सको बाहिरी इलाकामा रहेकाे खर्बेट अल-टिन गाउँ नजिकै रहेकाे वायु सेनाकाे चाैकीलाई लक्षित गरि आक्रमण भएकाे थियाे। साथै लेबनानको हिज्बुल्लाहको हतियार डिपोलाई लक्षित गरेर इजरायलले आक्रमण गरेकाे जनाएकाे छ।
इजरायली सेनाले सिरियामा गरेकाे आक्रमणलाई कमै मात्र स्वीकार गर्दछ। २०११ मा सिरियामा युद्ध शुरु भएदेखि इजरायलले सिरियाली भूभागमा सयौं हवाई हमला गर्दै आएकाे छ। सरकारी ओहदाका साथै सहयोगी इरान समर्थित सेना र लेबनानको हिज्बुल्लाह आन्दोलनका लडाकुहरूलाई इजरायलले निशाना बनाउँदै आएकाे छ।
दशक लामो युद्धमा कम्तिमा पाँच लाख नागरिक मारिएका छन् भने लाखौं विस्थापित भएको छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।