काठमाडौं- सन् २०२१ को मे महिनामा झण्डै १० हजार विदेशी नागरिकले नेपाल छोडेका छन्। अध्यागन विभागमा अनुसार मे महिनामा ९ हजार ९ सय ७७ जन विदेशी नागरिकले नेपाल छाडेका छन्। यो तथ्यांक हवाई मार्गबाट बाहिरएकाको मात्र हो।
साथै, विभागका अनुसार मे महिनामै १३ हजार १ सय ५८ जना नेपाली नागरिकले नेपाल छोडक छन्। सोही महिनामै १२ हजार ४ जना नेपाली तथा विदेशी नागरिक नेपाल प्रवेश गरेका छन्। जसमा १० हजार ९ सय ३२ जना नेपाली र १ हजार ४ सय ६८ विदेशी रहेका छन्।
सरकारले कोरोना रोगथाम तथा नियन्त्रणका लागि भन्दै वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेपनि अन्तर्राष्ट्रिय उडान भने वैशाख २३ गतेबाट मात्रै बन्द गरिएको थियो। निषेधाज्ञा जारी भएपनि मे महिनाको पहिलो साता नेपालमा रहेका विदशी नागरिकले नेपाल छाड्ने र विदेशमा रहेका नेपाली नागरिक नेपाल आउने चाप नै थियो।
तर, २३ गतेबाट अन्तर्राष्ट्रिय उडान बन्द भएपछि उद्धार उडानबाट विदेशी नागरिकले नेपाल छोडेका थिए। मे महिनामा सबैभन्दा बढी ४ हजार ७ सय ७७ जना भारतीय नागरिकले नेपाल छोडेका छन्।
यसैगरी, १ हजार ७ सय १७ अमेरिकन नागरिकले नेपाल छोडेका छन्। ३ सय ९२ जना बेलायती नागरिक, ५ सय ३० जना रसियन र २ सय १ जना युक्रेनका नागरिकले पनि नेपाल छोडेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।