दिल्ली- भारतकाे महाराष्ट्र राज्यस्थित पुणे शहरको एक कारखानामा आगोलागी हुँदा सात जनाकाे मृत्यु भएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार घोटावाडे फाटा इलाकामा रहेको कम्पनीमा आगाेलागी हुँदा हालसम्म साता जनाले ज्यान गुमाएका हुन्। यद्यपि, १० जना बेपत्ता भएकाे बताइएकाे छ।
दमकल विभागका अनुसार घटनाको समयमा कम्पनीमा ३७ जना ड्युटीमा थिए। जसमध्ये २० जनाकाे उद्धार गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।