दिल्ली- भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘जहाँ भोट, त्यहाँ खोप’ अभियानको थालनी गरेका छन्।
सोमबारदेखि उनले ४५ वर्षमाथि उमेर समूहका लागि उक्त अभियान थालनी गरेका हुन्।
यसअन्तर्गत जो मतदाताले जुन मतदान केन्द्रमा मत खसाल्छन् त्यही ठाउँमा उसलाई कोरोना भाइरसविरुद्धको खोप दिइनेछ।
यस अभियानको घोषणा गर्दै मुख्यमन्त्री केजरीवालले भने,‘ धेरै व्यक्ति अझै पनि खोप केन्द्रहरूमा आएका छैनन्। बुथ लेवलका अफिसरहरू आउँदो दुई दिनमा हरेक घर गएर उनीहरूलाई खोप स्लटहरू दिनेछन्। यदि खोपको अभाव छैन भने ४५ वर्षभन्दा माथिका सबैलाई ४ हप्तामा खोप दिइनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।