काठमाडौं- नेपाल आयाल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर १७८ डलर घटाएसँगै नेपाल एयरलाइन्सले पनि चार्टर्ड शुल्क घटाएको छ।
एयरलाइन्सले वाइडबडी ए३३० को प्रतिघण्टा १५ हजार ५२० डलर रहेको चार्टर्ड दर १३ प्रतिशतले कम गर्दै १३ हजार ४६० डलर तय गरेको छ। यो पहिलेको तुलनामा दुई हजार ६० डलर कम हो।
यसैगरी एयरबस ३२० को चार्टर्ड शुल्क पनि एयरलाइन्सले १५ प्रतिशत घटाएको छ। प्रतिघण्टा सात हजार ७१० डलर रहेको एयरबस ३२० को चार्टर्ड दर अब छ हजार ५८५ डलर तय भएको छ। पहिलेको तुलनामा यो एक हजार १३० डलर कम हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।