काठमाडौं- स्वास्थ्यमा सममस्या आएपछि भारतीय अभिनेता दिलीप कुमार अस्पताल भर्ना गरिएका छन्। उनको अवस्था स्थिररहेको र अक्सिजन सपोर्टमा राखिएको जनाइएको छ।
दिलीप कुमारको ट्वीटर ह्याण्डलमार्फत दिइएको जानकारी अनुसार उनी भेन्टिलेटरमा नभइ अक्सिजन सपोर्टमा रहेको उल्लेख गरिएको छ।
दिलीप कुमारको केही परीक्षण बाँकी रहेको जनाइएको छ र छाती रोग विशेषज्ञ डा जलील पार्करको टीमले उनको उपचार गरिरहेको छ।
कुमारलाई साढे ८ बजे मुम्बइको हिन्दूजा अस्पताल भर्ना गरिएको छ। दिलीपकुमारलाई स्वास लिन समस्या भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।