भारत– दिल्लीमा लकडाउन केही खुकुलो गरिएको छ। दोस्रो लहरको कोरोना संक्रमण दर उच्च भएपछि गरिएको लकडाउनका कारण बन्द दिल्लीको मेट्रोरेल फेरि सुरु गरिएको हो।
१० मे देखि दिल्लीमा मेट्रोसहितका अन्य सेवा बन्द गरिएको थियो।
संक्रमितको संख्या कमी आउन थालेसँगै दिल्ली सरकारले लकडाउनलाई खुकुलो बनाउँदै लगेको जनाएको छ।
मेट्रो अहिले ५० प्रतिशत यात्री लिएर १० देखि १५ मिनेटको फरकमा चल्ने छ भने जोर विजोरको आधारमा पसलहरुपनि खुल्ने छन्।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट गर्दै दिल्लीमा केही गतिविधि सुरु भएको भन्दै तर कोरोनाबाट बच्नका लागि सावधानी आवश्यक रहेको बताए।
अप्रिलमा दिल्लीमा कोरोना संक्रमितको संख्या दैनिक १० हजार भन्दा धेरै थियो, आइतबार दिल्लीमा संक्रमितको संख्या ३ सय ८१ रहेको छ भने देशभर कोरोना संक्रमितको संख्या पछिल्लो २४ घन्टामा १ लाख ६ सय ३६ रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।