• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश ५ सरकारका सय दिनबारे मुख्यमन्त्रीको समीक्षा : भौतिक पूर्वाधार व्यवस्थापनमै समय गयो

64x64
नेपाल लाइभ सोमबार, जेठ १४, २०७५  १२:४१
1140x725

बुटवल– प्रदेश ५ सरकारले एक सय दिनमा गरेका कामको समीक्षासहित विवरण सार्वजनिक गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी सय दिनमा गरेका कामको समीक्षासहितको विवरण सार्वजनिक गरेको हो। 

विवरण सार्वजनिकपछि बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले कामको समयमा देखिएका अप्ठ्यारा तथा केन्द्र र प्रदेश सरकारसँग जोडिएका विषयमा केही गुनासो गर्दै सय दिनको कामको समीक्षा पनि सुनाए। 

‘हामीले प्रदेशमा शून्यबाटै कामको सुरुवात गर्ने अवस्था थियो, यो अवस्थामा धेरै काम भएनन् भनेर असन्तुष्टि व्यक्त गर्ने ठाउँ छैन’, उनले भने। 

उनले प्रदेश सरकार गठन भएदेखि अहिलेसम्म भौतिक पूर्वाधार व्यवस्थापनमै बढी ध्यान दिएको बताए। 

‘हामीलाई कार्यालय कहाँ राख्ने, कर्मचारी कहाँ राख्ने, कहाँ बसेर काम गर्ने भन्ने नै चिन्ता बढी थियो, अहिले केही व्यवस्थापन भएको छ र अरु धेरै कुरा बाँकी छन्’, उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

मुख्यमन्त्री पोखरेलले संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने अधिकारका लागि लिखित रुपमै पेश गरेको बताए। उनले प्रदेश ५ लाई छुट्टै पर्यटन मन्त्रालय आवश्यक रहेको तर्कसहित केन्द्र सरकारलाई त्यसका लागि सहयोग गर्न आग्रह समेत गरिसकेको बताए। 

‘हाम्रो आवश्यकता परेको कुरामा समन्वय गरिदिनुपर्‍यो भनेर केन्द्र सरकारलाई भनेका छौं’, उनले भने, ‘हामीलाई आवश्यक पर्ने मन्त्रालय बनाएर मात्रै हुँदैन, त्यसका लागि कर्मचारी त केन्द्रले नै व्यवस्थापन गरेको छ, त्यसैले त्यसलाई अघि बढाउन सकेनौं।’

उनले केन्द्रले प्रदेशलाई अधिकार हस्तान्तरण गरेलगत्तै प्रदेशको आवश्यकता अनुसार काम अघि बढाउने बताए।

Xtrem
Xtrem

यी हुन् प्रदेश सरकारले १ सय दिनमा गरेका काम:

१.    सीमित साधन श्रोतका वावजुद ६ वटै मन्त्रालयहरू स्थापना भई विधिवत रुपमा कार्य सञ्चालन गरिरहेका छन् ।
२.    छोटो समयमा चालु आ. व. २०७४ /२०७५ को नीति कार्यक्रम सर्वसम्मतीका साथ पारित गरिएको छ।
३.    छोटो समय मै चालु आ.व. २०७४ /२०७५ को बजेट प्रदेशसभाबाट सर्वसम्मत रुपमा स्वीकृत गरी कार्यान्वयनका क्रममा रहेका छन्।
४.    प्रदेशको स्थिति पत्र तयार गरी प्रदेशसभा मार्फत सार्वजनिक गरिएको ।
५.    प्रदेश सुरक्षा समिति गठन गरी कार्यआरम्भ गरिएको ।
६.    प्रदेश र स्थानीय तहको अधिकार र संगठन संरचना सहितको आवश्यक जनशक्ति व्यवस्थापनका लागि संघीय सरकारसँग छलफल गरी आधार तयार गरिएको ।
७.     देहायका कानूनहरू तयार गरिएको र ४ वटा कानुन प्रदेशसभाबाट पारित भएको छ,    
•    प्रदेश सरकार (कार्यविभाजन)  नियमावली, २०७४      
•    प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०७४
•    प्रदेश स्तरका केही सार्वजनिक लिखत प्रमाणिकरण सम्बन्धी नियमावली, २०७४ 
•    प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । 
•    प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।    
•    प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।     
•    प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।
•    आर्थिक कार्यविधि ऐन
•    प्रदेश विनियोजन ऐन  २०७४
•    प्रदेश अन्तर्गतका गाउँसभा र नगरसभाको कानून निर्माण प्रकृया सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन।    
•    सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधी ऐन
८.    गठन आदेश तथा नियुक्ती  सम्वन्धी: 
-    प्रदेश  कानून  मस्यौदा तथा सुझाव आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको आदेश,  २०७४ स्वीकृत गरिएको र आयोगका अध्यक्ष तथा सदस्यहरुको नियुक्ति गरिएको ।
-    प्रदेश योजना आयोग (गठन तथा सञ्चालन) आदेश, २०७४ स्वीकृत  गरिएको र सो आयोगमा उपाध्यक्ष पदमा नियुक्ती गरिएको ।
-     मुख्य न्यायाधिवक्तामा नियुक्ती गरिएको । 
-    माननीय मुख्यमन्त्रीको प्रेश सल्लाहकार नियुक्ति गरिएको ।    

९.    प्रदेश राजपत्र प्रकाशन गर्ने व्यवस्थाको लागि प्रदेश सरकार मन्त्रिपरिषदमा राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि, २०७५ स्वीकृतिको लागि प्रस्ताव पेश गरिएको । 
१०.    मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्त सम्बन्धी विधेयक र प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धी विधेयकका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको । 
-    प्रदेश स्तरीय नीति तर्जुमा गोष्ठीहरु संचालन गरी वन नीति, वाणिज्य नीति,  आपूर्ति नीति,औद्योगिक नीति, पर्यटन नीतिको मस्यौदा तयार गरिएको
-      प्रदेशस्तरीय वन ऐन निर्माणका लागि सरोकारवाला निकायहरुसंग परामर्श गरिएको ।    
-    प्रादेशिक मल ऐन २०७५ को मस्यौदा तयार गरी प्रदेश कानून मस्यौदा तर्जुमा तथा सुझाव आयोगमा पठाईएको, बिउविजन, बिषादी र सहकारी ऐनका मस्यौदा तयार गरिएको ।
-    कृषि अनुदान कोष, सहकारी विकास कोषको कार्यबिधि निर्माणका क्रममा रहेको ।
११.    प्रदेशको आवद्यिक योजना तयार गर्नका लागि प्रदेश योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा योजना तर्जुमा समिति गठन भएको । योजना तर्जुमाको सन्दर्भमा स्थानीय तहहरुसंग पत्राचार गरि परियोजना संकलन भइरहेको।
१२.     सबै मन्त्रालयहरूमा प्रवक्ता तथा सूचना अधिकारी तोकिएको ।
१३.    मन्त्रालयहरूमा सिसिटिभी जडान भएको र वेव साईट निर्माण भएको । 
१४.    प्रदेश सञ्चित कोष सञ्चालन कार्यविधि तयार गरिएको । 
१५.    प्रदेश सञ्चित कोषको स्थापना भई सञ्चालनमा आएको ।  
१६.    प्रदेश स्तरमा राजस्व परामर्श समिति गठन भई कार्य गरिरहेको 
१७.    स्रोत अनुमान समितिको गठन भई आ.ब. २०७५/०७६ को स्रोत अनुमानको प्रतिवेदन तयार भएको । 
१८.    विनियोजन विधेयक २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति प्रदेश सभामा  पेश भएको ।
१९.    प्रदेश सभाका सदस्यज्यूहरूसँग योजना तथा बजेट सम्बन्धमा छलफल तथा अन्तर्क्रिया सम्पन्न भएको । 
२०.    आ.ब. २०७५/७६ को प्रादेशिक योजना तथा बजेट निर्माण सम्बन्धमा नेपालगञ्ज र दाङमा स्थानीय तहका प्रतिनिधि उद्योगी, व्यवसायी, सरकारी कार्यालयका प्रमुख, पत्रकारहरू तथा सरोकारवालाहरूसँग छलफल, अन्तर्क्रिया सम्पन्न गरिएको 
२१.    प्रदेश लेखा नियन्त्रक कार्यालयको स्थापना भई कार्य सञ्चालन भएको । 
२२.    प्रदेश कर तथा गैरकर सम्बन्धी विधेयकको मस्यौदा तयार भएको । 
२३.    अन्तर सरकारी वित्त हस्तान्तरण विधेयकको मस्यौदा तयार भएको । 
२४.    समपुरक र विशेष अनुदानको कार्यविधिको मस्यौदा तयार भएको ।
२५.    २०७५ साल वैशाख १ गतेदेखि २०७६ साल चैत्र मसान्तसम्म प्रदेशभित्र दिने सार्वजनिक विदाका सम्बन्धमा प्रतिवेदन तयार गरी पेश गरेको । 
२६.    विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधिको प्रारम्भिक मस्यौदा तयार गरी छलफलको क्रममा रहेको ।
२७.    गत आ.व.मा यस प्रदेश अन्तरगतका जिल्लाहरुमा भएका विपद्सम्बन्धी घटनाको तथ्याङ्क संकलन गर्ने काम भइरहेको, 
२८.    IT Park निर्माणका लागि अध्ययन भैरहेको, 
२९.    जगदीशपुर जलाशय कपिलवस्तुको संरक्षणका लागि जैविक विविधता उद्यान बनाउने कार्ययोजना तयार गरिएको । 
३०.    तराईका जिल्लाहरुमा वैज्ञानिक वन व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरू गरिएको । 
३१.    शैक्षिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रदेशका विभिन्न भागमा वनस्पती उद्यान, प्राणी उद्यान भौगर्भिक उद्यान जडिवुटी उद्यान र वहुउद्देश्यीय उद्यान निर्माणका लागि सम्भाव्यता अध्ययन सुरू गरिएको । 
३२.    लुम्बिनी क्षेत्रमा पर्यटकको बसाई लम्व्याउनका लागि सम्भाव्यता अध्ययन भइरहेको । 
३३.    लुम्बिनी सर्किटमा मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको ।
३४.    प्रदेश भित्रका पर्यटकीय क्षेत्रहरुमा होमस्टे प्रवर्द्धनका लागि अध्ययन भइरहेको । 
३५.    प्रदेशमा नयाँ औद्योगिक क्षेत्र विस्तारका लागि सम्भाव्यता अध्ययन भइरहेको  । 
३६.    रासायनिक बिषादीको विकल्प सम्बन्धी अध्ययन सुरू भएको  ।
३७.    कृषिमा यान्त्रिकिकरणको अवस्था र सम्भाव्यता अध्ययनको कार्यबिधि तयार भएको । 
३८.    कृषिसंग सम्बन्धित तथ्याङ्क संकलन तथा विश्लेषण सम्बन्धी कार्य गरिएको । 
३९.    भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सोलार सिष्टम जडान गरिएको   ।
४०.    स्थानीय तहहरुका केन्द्रसम्म राजमार्ग र सहायक राजमार्गबाट सडकको दुरी, सडकको प्रकृति (कालोपत्रे, ग्राभेल र कच्ची) तथा पहुँच नै नभएका स्थानीय तहहरुको पहिचान तथा लागत संकलन गर्ने कार्य सम्पन्न गरियो ।
४१.    केन्द्रले तयार गरेको सडक, खानेपानीको DPR को List संकलन गरिएको ।
४२.    प्रदेश भित्र सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यप्रगति तथा वर्तमान अवस्थाका बारेमा अध्ययन गरी प्रतिवेदन तयार गरिएको ।
४३.    प्रदेश प्रवेशद्वार निर्माणको लागि अध्ययन, डिजार्इन, Drawing, Estimate  गर्न कन्सल्टेन्ट छनोटको प्रक्रिया अगाडि बढाइएको ।
४४.    शिक्षा, स्वास्थ्य, महिला बालबालिका, युवा खेलकूद, संस्कृति, श्रम र सरसफाई सम्बन्धी विषयको वर्तमान अवस्था झल्कने गरी स्थिति पत्र (status paper) तयार गरिएको।
४५.    नेपाल सरकार स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयको समन्वय तथा संयुक्त आयोजनामा "म स्वस्थ मेरो देश स्वस्थ- मेरो वर्ष २०७५" अभियानको शुभारम्भ भएको ।
४६.    यस प्रदेशमा स्वास्थ्य र बालअधिकार सम्बन्धी अभिमुखीकरण तथा पैरवी कार्यक्रम सम्पन्न भएको ।
४७.    सामाजिक विकास मन्त्रालयको समग्र पक्ष झल्किने गरी ब्रोसियर तयार गरिएको।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०७५  १२:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव?
आयोगले बोलायो टेकुका एसएसपी खड्कालाई, जबरालाई भेट्न नदिएको विषयमा बयान लिने
भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिको सभापति असोज १४ मा छानिँदै
सम्बन्धित सामग्री
भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिको सभापति असोज १४ मा छानिँदै सभामुख डोलप्रसाद अर्यालले सोमबारको प्रतिनिधि सभा बैठकमा सभापति पदको निर्वाचन असोज १४ गते दिउँसो २ बजे हुने जानकारी गराए। सोमबार, असोज १२, २०८३
शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट सोमबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल–रसिया द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको... सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउप्रति प्रचण्डको आपत्ति : ‘यस्तो दुस्साहस गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’ सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले विशिष्ट व्यक्तिलाई बिना कारण पक्राउ गर्ने क्रम दोहोरिए सरक... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
आयोगले बोलायो टेकुका एसएसपी खड्कालाई, जबरालाई भेट्न नदिएको विषयमा बयान लिने सोमबार, असोज १२, २०८३
भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिको सभापति असोज १४ मा छानिँदै सोमबार, असोज १२, २०८३
शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउप्रति प्रचण्डको आपत्ति : ‘यस्तो दुस्साहस गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्