काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले तुम्लिङटार विमानस्थलमा एटिआर ७२ काे परीक्षण उडान गरेकाे छ।
परीक्षण उडानमा क्याप्टेन रञ्जनकुमार शर्मा तथा नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी भोलाप्रसाद गुरागाई, डेपुटी डाइरेक्टर जनरल, क्याप्टेन दधिराम निरौला, इन्सपेक्टर, फ्लाइट अपरेशनलगायत बुद्ध एयरका अपरेशन तथा टेक्निकल टिमका अधिकारीहरु सामेल थिए।
एटिआर जहाजको सञ्चालन खर्च कम हुने र यात्रु पनि बढी बोक्ने हुँदा हवाई भाडा अझ सहज र सरल हुने बुद्ध एयरकाे भनाइ छ।
बुद्धसँग रहेका १५ जहाजमा १३ वटा एटिआर प्रकृतिका जहाज छन्। जसमा ११ वटा एटिआर ७२ जहाज र २ वटा एटिआर ४२ जहाज रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।