भारत– बलिउड अभिनेता कार्तिक आर्यन भारतीय फिल्म उद्योगका राइजिङ सुपरस्टारको रुपमा चिनिन्छन्। यसको खास कारण उनको कूल नेचर र क्रेजी फ्यान फलोइङ हो। तर कार्तिक आर्यन पछिल्लो समय अर्कै कारणले चर्चामा छन्।
उनीसँग केही समयअघि कयौं ठूला प्रोजेक्ट्स थिए तर पछिल्लो समयमा उनी आफ्ना अधिकांश प्रोजेक्टबाट बाहिरिनु परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
सुरुमा उनलाई करण जोहरको फिल्म दोस्ताना–२बाट निकालिएको थियो। त्यसपछि यस्तो हल्लाह फैलिएको छ कि उनलाई आनन्द एल रायको एक फिल्मबाट पनि निकालिएको छ। यसमाथि फिल्ममेकर अनुभव सिन्हाले प्रतिक्रिया जनाएका छन्।
फिल्म निर्देशकसमेत रहेका सिन्हाले जब कुनै प्रोड्युसरले कुनै एक्टरलाई हटाएको छ भने त्यसबारे उसले कुरा गर्न नचाहने बताए। दुबैले यसबारेमा सामान्य अवस्थामा सार्वजनिक रुपमा कुरा नगर्ने उनी बताउछन्। तर कार्तिक आर्यनकोविरुद्धमा जुन क्याम्पेन चलिरहेको छ यसलाई लिएर आफू चिन्तित भएको र यो अनुचित भएको उनले बताएका छन्।
कार्तिक आर्यन आनन्द ए रायको फिल्मबाट निकालिएको समाचारहरु सार्वजनिक भएका छन् तर रायले भने त्यसलाई झुठ भएको बताइरहेका छन्। कार्तिक आर्यनले उनको कुनै पनि फिल्ममा खेल्नका लागि साइन नगरेको दाबी रायको छ।
कार्तिकलाई धर्मा प्रोडक्सनको व्यानरमा बनिरहेको फिल्म दोस्ताना–२ बाट निकालिएको थियो। यसबारेमा प्रोडक्सनका तर्फबाट आधिकारिक विज्ञप्ति नै जारी भएको थियो। त्यसपछि अर्को अफवाह के फैलियो भने कार्तिकलाई शाहरुख खानको रेडि चिलिजको प्रोडक्सन हाउसको एक फिल्मबाट पनि निकालिएको छ।
यसलाई फ्यानले कार्तिकविरुद्धमा चलाइएको एक क्याम्पेनको रुपमा लिइरहेका छन् भने फिल्म क्षेत्रका अनुभविहरुले पनि चिन्ता व्यक्त गरिरहेका छन् तर कार्तिकले भने यसबारेमा कुनै प्रतिक्रिया जनाएका छैनन्।
भारतीय फिल्म उद्योगमा केही फिल्म प्रोडक्सन र फिल्म उद्योगीे घरानीयाहरुको दबदवा रहने गरेको बताइने गरिएको छ र उद्योगमा स्थापित हुन संघर्षरत कलाकार अभिनेतालाई प्रत्साहन गर्नुको सट्टा यस्ता क्याम्पेन गर्ने गरिएको आरोप लाग्ने गरेको छ। नयाँ कलाकार चर्चामा आउन लाग्नासथ उनीहरुमाथि गरिने व्यवहारको शिकार सुशान्तसिंह राजपुतहरु हुनुपरेको आरोप पनि लाग्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।