काठमाडौं– निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सडक खण्डलाई हरियाली बनाएको हाे।चक्रपथको १०.२ किलोमिटरमा हरियाली निर्माण तथा संरक्षण गर्ने एनसेल आजियाटा लिमिटेडले चक्रपथ–कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रिन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण काम गरिरहेकाे छ।
कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा करिब १०.२ किलोमिटरमा हरियाली विकास तथा संरक्षण काम एक झन्डै एक वर्ष अगाडिदेखि गर्दै आएको थियो।
एकान्तकुनादेखि बल्खु सडकखण्डका अहिले पूर्ण रुपमा रूपमा हरियाली भइसकेको छ।। अन्य खन्डमा पनि काम भइरहेको छ।
हरियाली विकासका साथै एनसेलले ५ वर्षसम्म यो खण्डमा रहेका ६ हजारभन्दा बढी रूखबिरुवाको हेरचाह गर्दै ग्रिन बेल्टको संरक्षणको काम पनि गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।