• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १९, २०८२ Thu, Apr 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

निषेधाज्ञामा पनि रोकिएन अवैध नदी दोहन, नियन्त्रणका लागि प्रहरी नै हच्किन्छन्

64x64
नारायण अधिकारी बिहीबार, जेठ २०, २०७८  २०:५८
1140x725
फाइल तस्वीर।

काठमाडौं- गत मंगलबार जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले नदीजन्य पदार्थको अवैध उत्खनन् कार्यमा संलग्न भएका ३ वटा टिपर, एक स्काभेटर र एक ट्रयाक्टर नियन्त्रणमा लियो। 

बर्दिया प्रहरी प्रमुख, एसपी ईश्वर कार्कीका अनुसार ती गाडीहरु बारबर्दिया नगरपालिका–२, लठुवाघाटबाट नियन्त्रणमा लिइएको हो। ती गाडीमार्फत् अवैध रुपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन् गरी ओसारपसार भइरहेको थियो। नियन्त्रणमा लिइएका ती गाडी प्रहरीले जिल्ला समन्यव समिति गुलरियामा कारबाहीका लागि प्रहरीले पठायो। 

कोरोनाभाइरस माहामारीका कारण जारी निधेषाज्ञामा मौका छोपेर भएको अवैध उत्खनन्‌को यो एउटा उदाहरण हो। 

बर्दिया प्रहरीले एकैदिन अवैध उत्खनन्मा संलग्न पाँच वटा गाडी नियन्त्रणमा लिएको थियो। तर, जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने एकैदिन अवैध उत्खनन्मा संलग्न २६ वटासम्म गाडी नियन्त्रणमा लिएको छ।

बर्दिया प्रहरीले ५ गाडी नियन्त्रणमा लिएको अघिल्लो दिन रुपन्देही प्रहरीले २२ वटा टिपर, ३ ट्रयाक्टर र १ स्काभेटर गरी २६ गाडी नियन्त्रणमा लिएको थियो। मापदण्डविपरीत नदीजन्य सामग्री उत्खनन् गरेको पाइएपछि ती गाडीहरु नियन्त्रणमा लिइएको रुपन्देहीका एसपी मनोज केसी बताउँछन्। नियन्त्रणमा लिइएका सबै गाडी रुपन्देही प्रहरीले पनि जिल्ला समन्यव समितिमा पठाइसकेको छ।

बुधबार मात्रै रुपन्देही प्रहरीले नै अवैध उत्खननमा संलग्न रहेका टिपर, ट्रक र ट्रयाक्टर गरेर ८ वटा गाडी नियन्त्रणमा लिएको थियो। जेठ १६ गते पनि रुपन्देही प्रहरीले अवैध उत्खननमा संलग्न ६ वटा टिपर नियन्त्रणमा लिएको थियो। 

रुपन्देही प्रहरीले अवैध उत्खननमा संलग्न यी गाडीहरु बुटवल, बेलहिया, मंगलापुर महुँबारीलगायतबाट नियन्त्रणमा लिएको थियो। निधेषाज्ञा कार्यान्वयन गराउन प्रहरी सक्रिय भएको मौका छोपेर नदीजन्य सामग्री उत्खनन् गर्ने गरेको सूचना आएपछि प्रहरीले ती गाडीलाई नियन्त्रणमा लिएको हो। 

बर्दिया र रुपन्देहीमा मात्रै होइन, निषेधाज्ञाको मौका छोपेर अहिले तराईका नदीनालाबाट नदीजन्य सामग्री तीव्र रुपमा उत्खनन् भइरहेको छ। उत्खनन् गर्नेलाई धमाधम नियन्त्रणमा लिइएको बताए पनि निषेधाज्ञा सुरु भएयता अवैध उत्खनन्‌मा संलग्न कति गाडी नियन्त्रणमा लिइयो भन्ने तथ्यांक संकलन भइनसकेको नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी वसन्त कुँवर बताउँछन्। 

nimb
nimb
Ncell 2
Ncell 2

‘अवैध उत्खनन् गर्नेलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ। यति नै संख्यामा नियन्त्रणमा लिइयो भन्ने त छैन। तर, दैनिकजसो पक्राउ परिरहेका हुन्छन्’ प्रवक्ता कुँवरले भने, ‘अघिपछि भन्दा निषेधाज्ञाको समयमा उत्खनन् बढेको भन्ने गुनासो आएको छ। अवैध उत्खनन् रोक्न प्रहरी कटिबद्ध छ।’

निषेधाज्ञाको मौका छोपेर विशेष गरी तराई क्षेत्रका नदीनालाबाट अवैध रुपमा ढुंगा, गिट्टी, बालुवाको उत्खनन् तीव्र भइरहेको छ। सरकारले जेठ १५ गते बजेट भाषणमार्फत् घोषणा गरेको ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने’ निर्णयको चौतर्फी आलोचना भइरहँदा क्रसर उद्योगीहरुको अवैध उत्खनन् झन् बढ्दै गएको छ।

प्रहरी नै हच्किन्छन् अवैध उत्खनन् रोक्न
सिरहा र धनुषाको सिमाना जोड्ने कमला नदीमा अवैध उत्खनन् भइरहेको थियो। धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ स्थित कमला नदीमा अवैध उत्खनन् भएको देखेपछि स्थानीयले जेठ १६ गते प्रहरी चौकी पोर्ताहालाई खबर गरे। तर, प्रहरीले स्थानीयको आग्रहलाई सुनेको नसुन्यै गर्‍यो। 

त्यसपछि स्थानीय आफैंले उत्खनन्‌मा संलग्न ना ७ ख ७७४५, ना ६ ख ६५१८, ना ६ ख ६१६९ र ना ७ ख ७७४६ गरी चार वटा टिपर र एउटा लोडर घेरे। स्थानीयले घेरेर राखेका ती गाडी प्रहरी चौकी पोर्ताहाले लिन आनकानी गर्‍यो। पछि प्रदेश प्रहरी कार्यालयबाट समेत निर्देशन आएपछि बल्ल चौकीले ती गाडी नियन्त्रणमा लियो। 

प्रहरी चौकी पोर्ताहा मात्रै होइन, धेरै प्रहरी कार्यालयले यस्ता अवैध उत्खनन् देखे पनि नदेखे झैं गर्ने गरेका छन्। अवैध उत्खनन् रोक्दा प्रहरीलाई स्थानीय जनप्रतिनिधिदेखि ठेकेदारसम्मका अनेक दबाब आउँछन्। सरुवासम्मका धम्की आउने भएपछि खासगरी जुनियर प्रहरी अधिकृत प्रमुख भएका ठाउँमा यस्ता समस्या आउने गरेका छन्। उत्खनन् रोक्दाको दबाब उनीहरु खप्न सक्दैनन्। 

यस्तै घटनाको एउटा उदाहरण हुन् प्रहरी नायब निरीक्षक टिकाराम न्यौपाने। कास्कीको मादी गाउँपालिका, याङ्जाकोट प्रहरी चौकीको प्रमृख थिए सई न्यौपाने। गत वैशाख तेस्रो साता मादीकै वडा ४ र ५ जोड्ने पुल नजिक अवैध उत्खनन् भएको देखेपछि सई न्यौपानेले उत्खननमा संलग्न ट्रयाक्टरलाई रोके। 

पुल नजिकको ढुंगा लान नपाइने र ढुंगा लिनका लागि अनुमतिपत्र चाहिने भन्दै मागे। तर, उत्खनन्‌मा संलग्न भएका व्यक्तिले अनुमतिपत्र देखाउन सकेनन्। उनीहरुले वडाध्यक्ष सत्यराज सापकोटाको निर्देशनमा उत्खनन् गरेको बताए। सई न्यौपानेले ट्रयाक्टर नियन्त्रणमा लिए। बदलामा वडाध्यक्ष सापकोटाले सईलाई फोन गरेर तथानाम गाली गरे। वडाध्यक्ष सापाकोटाले जागिर खाइदिनेसम्मको धम्की दिएको एक हप्ता नबित्दै न्यौपानेको सरुवा भयो। 

यस्तै घटनाले गर्दा अवैध उत्खनन् देखेर पनि नदेख्नुपर्ने बाध्यता आएको एक जुनियर प्रहरी अधिकारी बताउँछन्। अवैध उत्खनन् रोक्ने प्रहरीलाई पुरस्कृत गर्दै केही भएमा संगठन छ भन्ने आभाष दिलाउनुपर्ने उनी बताउँछन्। तर, उल्टै सरुवा हुने भएकाले जोखिम मोल्न कोही प्रहरी नचाहने ती अधिकारीले बताए। 

काठमाडौंमै भएको अवैध उत्खनन् रोक्न खोज्दा एक प्रहरी निरीक्षकको समेत सरुवा भएको थियो। कपन क्षेत्रमा भएको अवैध बालुवाखानीको उत्खनन् रोक्दा प्रहरी निरीक्षक सुरक्षा केसीको गत वर्षको वैशाखमा सरुवा भएको थियो। 

२०७६ कात्तिक २८ मा  लमजुङका तत्कालीन सीडीओ डिजन भट्टराईले अवैध रुपमा सञ्चालित लमजुङ क्रसर एन्ड कन्स्ट्रक्सन र त्रिवेणी रोडा ढुंगा एन्ड ब्लक उद्योग बन्द गराएको एक महिना नबित्दै मंसिर १७ गने सरुवा हुनु पर्यो। उनी सरुवा हुनेबित्तिकै ती क्रसर उद्योग पुनः सञ्चालनमा आएका थिए। 

यस्तै, २०७७ साउन ४ गते क्रसर उद्योगमाथि कारबाही गरेपछि तनहुँका तत्कालीन सीडीओ बद्रिनाथ अधिकारीको पनि सरुवा भएको थयो। जिम्मेवारी सम्हालेको ४ महिना पुग्दानपुग्दै क्रसर व्यवसायीकै दबाबका कारण उनी तनहुँबाट सरुवा भएका थिए। अवैध उत्खनन् बन्दा गराउँदा सीडीओको समेत सरुवा हुने अवस्था भएपछि कतिपय प्रहरी अधिकारीले यस्तो काममा जोखिम नलिने गरेको एक अधिकारी बताउँछन्।

अवैध उत्खनन्मा संलग्नहरुको यतिसम्मको दादागिरी छ कि अवरोध गर्नेको सरुवादेखि हत्यासम्म गर्ने 'हिम्मत' राख्छन्, उनीहरु। यसैको उदाहरण हुन् धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतो। अवैध उत्खनन्‌मा अवरोध गरेको भन्दै २०७६ पुस तेस्रो साता उनको हत्या गरिएको थियो। 

औरही खोलाको बगरमा टिपरले गिटी बालुवा उत्खनन् गरेको थाहा पाएपछि रोक्न पुगेका उनलाई कुटेर हत्या गरी टिपरले किचिएको थियो। भलै, पछि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा केही व्यक्तिलाई पक्राउ गरेको थियो। 

क्रसरमा स्थानीय जनप्रतिनिधिदेखि गुण्डागर्दी गर्नेसम्मको लगानी हुने र उनीहरुको राजनीतिक नेतृत्वसँग राम्रो सम्बन्ध भएका कारण यस्ता घटना हुने गरेको प्रहरी अधिकारी बताउँछन्।

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  २०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
व्यवसायी दीपक भट्ट पक्राउ यसअघि, अध्यागमन विभागले उनलाई कालोसूचीमा राखेको थियो । भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ। बिहीबार, चैत १९, २०८२
छिटो नतिजा लक्ष्यसहित एसईईको पहिलो दिनबाटै थालियो कपी जाँच बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन भएको थियो । पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको हो । शान्तिपूर्णरुपमा परीक्षा सकिएपछि... बिहीबार, चैत १९, २०८२
यातायात कार्यालय र मालपोत कार्यालयबाट १६ जना बिचौलिया पक्राउ जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहीबार बिहान करिब साढे ११ बजे उनीहरूलाई पक्राउ गरिएको हो। बिहीबार, चैत १९, २०८२
ताजा समाचारसबै
नातावाद र कृपावादमा नफस्न रास्वपालाई महावीर पुनको आग्रह बिहीबार, चैत १९, २०८२
एनसेलले दैनिक १०० एमबी निःशुल्क डेटा दिँदै, हरेक हप्ता ५० जीबीसम्म जित्ने सकिने बिहीबार, चैत १९, २०८२
गृहमन्त्रीद्वारा दुई अध्यादेश संशोधन प्रस्ताव पेस बिहीबार, चैत १९, २०८२
एमालेले राष्ट्रिय सभाबाट पनि माग्यो ओली-लेखकको रिहाइ बिहीबार, चैत १९, २०८२
प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीले भने- भ्रष्टाचारको सबै फाइल खोल्नुस् बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा बुधबार, चैत १८, २०८२
एमाले सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज बुधबार, चैत १८, २०८२
आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्