• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

निषेधाज्ञामा पनि रोकिएन अवैध नदी दोहन, नियन्त्रणका लागि प्रहरी नै हच्किन्छन्

64x64
नारायण अधिकारी बिहीबार, जेठ २०, २०७८  २०:५८
1140x725
फाइल तस्वीर।

काठमाडौं- गत मंगलबार जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले नदीजन्य पदार्थको अवैध उत्खनन् कार्यमा संलग्न भएका ३ वटा टिपर, एक स्काभेटर र एक ट्रयाक्टर नियन्त्रणमा लियो। 

बर्दिया प्रहरी प्रमुख, एसपी ईश्वर कार्कीका अनुसार ती गाडीहरु बारबर्दिया नगरपालिका–२, लठुवाघाटबाट नियन्त्रणमा लिइएको हो। ती गाडीमार्फत् अवैध रुपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन् गरी ओसारपसार भइरहेको थियो। नियन्त्रणमा लिइएका ती गाडी प्रहरीले जिल्ला समन्यव समिति गुलरियामा कारबाहीका लागि प्रहरीले पठायो। 

कोरोनाभाइरस माहामारीका कारण जारी निधेषाज्ञामा मौका छोपेर भएको अवैध उत्खनन्‌को यो एउटा उदाहरण हो। 

बर्दिया प्रहरीले एकैदिन अवैध उत्खनन्मा संलग्न पाँच वटा गाडी नियन्त्रणमा लिएको थियो। तर, जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने एकैदिन अवैध उत्खनन्मा संलग्न २६ वटासम्म गाडी नियन्त्रणमा लिएको छ।

बर्दिया प्रहरीले ५ गाडी नियन्त्रणमा लिएको अघिल्लो दिन रुपन्देही प्रहरीले २२ वटा टिपर, ३ ट्रयाक्टर र १ स्काभेटर गरी २६ गाडी नियन्त्रणमा लिएको थियो। मापदण्डविपरीत नदीजन्य सामग्री उत्खनन् गरेको पाइएपछि ती गाडीहरु नियन्त्रणमा लिइएको रुपन्देहीका एसपी मनोज केसी बताउँछन्। नियन्त्रणमा लिइएका सबै गाडी रुपन्देही प्रहरीले पनि जिल्ला समन्यव समितिमा पठाइसकेको छ।

बुधबार मात्रै रुपन्देही प्रहरीले नै अवैध उत्खननमा संलग्न रहेका टिपर, ट्रक र ट्रयाक्टर गरेर ८ वटा गाडी नियन्त्रणमा लिएको थियो। जेठ १६ गते पनि रुपन्देही प्रहरीले अवैध उत्खननमा संलग्न ६ वटा टिपर नियन्त्रणमा लिएको थियो। 

रुपन्देही प्रहरीले अवैध उत्खननमा संलग्न यी गाडीहरु बुटवल, बेलहिया, मंगलापुर महुँबारीलगायतबाट नियन्त्रणमा लिएको थियो। निधेषाज्ञा कार्यान्वयन गराउन प्रहरी सक्रिय भएको मौका छोपेर नदीजन्य सामग्री उत्खनन् गर्ने गरेको सूचना आएपछि प्रहरीले ती गाडीलाई नियन्त्रणमा लिएको हो। 

बर्दिया र रुपन्देहीमा मात्रै होइन, निषेधाज्ञाको मौका छोपेर अहिले तराईका नदीनालाबाट नदीजन्य सामग्री तीव्र रुपमा उत्खनन् भइरहेको छ। उत्खनन् गर्नेलाई धमाधम नियन्त्रणमा लिइएको बताए पनि निषेधाज्ञा सुरु भएयता अवैध उत्खनन्‌मा संलग्न कति गाडी नियन्त्रणमा लिइयो भन्ने तथ्यांक संकलन भइनसकेको नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी वसन्त कुँवर बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘अवैध उत्खनन् गर्नेलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ। यति नै संख्यामा नियन्त्रणमा लिइयो भन्ने त छैन। तर, दैनिकजसो पक्राउ परिरहेका हुन्छन्’ प्रवक्ता कुँवरले भने, ‘अघिपछि भन्दा निषेधाज्ञाको समयमा उत्खनन् बढेको भन्ने गुनासो आएको छ। अवैध उत्खनन् रोक्न प्रहरी कटिबद्ध छ।’

निषेधाज्ञाको मौका छोपेर विशेष गरी तराई क्षेत्रका नदीनालाबाट अवैध रुपमा ढुंगा, गिट्टी, बालुवाको उत्खनन् तीव्र भइरहेको छ। सरकारले जेठ १५ गते बजेट भाषणमार्फत् घोषणा गरेको ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने’ निर्णयको चौतर्फी आलोचना भइरहँदा क्रसर उद्योगीहरुको अवैध उत्खनन् झन् बढ्दै गएको छ।

प्रहरी नै हच्किन्छन् अवैध उत्खनन् रोक्न
सिरहा र धनुषाको सिमाना जोड्ने कमला नदीमा अवैध उत्खनन् भइरहेको थियो। धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ स्थित कमला नदीमा अवैध उत्खनन् भएको देखेपछि स्थानीयले जेठ १६ गते प्रहरी चौकी पोर्ताहालाई खबर गरे। तर, प्रहरीले स्थानीयको आग्रहलाई सुनेको नसुन्यै गर्‍यो। 

त्यसपछि स्थानीय आफैंले उत्खनन्‌मा संलग्न ना ७ ख ७७४५, ना ६ ख ६५१८, ना ६ ख ६१६९ र ना ७ ख ७७४६ गरी चार वटा टिपर र एउटा लोडर घेरे। स्थानीयले घेरेर राखेका ती गाडी प्रहरी चौकी पोर्ताहाले लिन आनकानी गर्‍यो। पछि प्रदेश प्रहरी कार्यालयबाट समेत निर्देशन आएपछि बल्ल चौकीले ती गाडी नियन्त्रणमा लियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रहरी चौकी पोर्ताहा मात्रै होइन, धेरै प्रहरी कार्यालयले यस्ता अवैध उत्खनन् देखे पनि नदेखे झैं गर्ने गरेका छन्। अवैध उत्खनन् रोक्दा प्रहरीलाई स्थानीय जनप्रतिनिधिदेखि ठेकेदारसम्मका अनेक दबाब आउँछन्। सरुवासम्मका धम्की आउने भएपछि खासगरी जुनियर प्रहरी अधिकृत प्रमुख भएका ठाउँमा यस्ता समस्या आउने गरेका छन्। उत्खनन् रोक्दाको दबाब उनीहरु खप्न सक्दैनन्। 

यस्तै घटनाको एउटा उदाहरण हुन् प्रहरी नायब निरीक्षक टिकाराम न्यौपाने। कास्कीको मादी गाउँपालिका, याङ्जाकोट प्रहरी चौकीको प्रमृख थिए सई न्यौपाने। गत वैशाख तेस्रो साता मादीकै वडा ४ र ५ जोड्ने पुल नजिक अवैध उत्खनन् भएको देखेपछि सई न्यौपानेले उत्खननमा संलग्न ट्रयाक्टरलाई रोके। 

पुल नजिकको ढुंगा लान नपाइने र ढुंगा लिनका लागि अनुमतिपत्र चाहिने भन्दै मागे। तर, उत्खनन्‌मा संलग्न भएका व्यक्तिले अनुमतिपत्र देखाउन सकेनन्। उनीहरुले वडाध्यक्ष सत्यराज सापकोटाको निर्देशनमा उत्खनन् गरेको बताए। सई न्यौपानेले ट्रयाक्टर नियन्त्रणमा लिए। बदलामा वडाध्यक्ष सापकोटाले सईलाई फोन गरेर तथानाम गाली गरे। वडाध्यक्ष सापाकोटाले जागिर खाइदिनेसम्मको धम्की दिएको एक हप्ता नबित्दै न्यौपानेको सरुवा भयो। 

यस्तै घटनाले गर्दा अवैध उत्खनन् देखेर पनि नदेख्नुपर्ने बाध्यता आएको एक जुनियर प्रहरी अधिकारी बताउँछन्। अवैध उत्खनन् रोक्ने प्रहरीलाई पुरस्कृत गर्दै केही भएमा संगठन छ भन्ने आभाष दिलाउनुपर्ने उनी बताउँछन्। तर, उल्टै सरुवा हुने भएकाले जोखिम मोल्न कोही प्रहरी नचाहने ती अधिकारीले बताए। 

काठमाडौंमै भएको अवैध उत्खनन् रोक्न खोज्दा एक प्रहरी निरीक्षकको समेत सरुवा भएको थियो। कपन क्षेत्रमा भएको अवैध बालुवाखानीको उत्खनन् रोक्दा प्रहरी निरीक्षक सुरक्षा केसीको गत वर्षको वैशाखमा सरुवा भएको थियो। 

२०७६ कात्तिक २८ मा  लमजुङका तत्कालीन सीडीओ डिजन भट्टराईले अवैध रुपमा सञ्चालित लमजुङ क्रसर एन्ड कन्स्ट्रक्सन र त्रिवेणी रोडा ढुंगा एन्ड ब्लक उद्योग बन्द गराएको एक महिना नबित्दै मंसिर १७ गने सरुवा हुनु पर्यो। उनी सरुवा हुनेबित्तिकै ती क्रसर उद्योग पुनः सञ्चालनमा आएका थिए। 

यस्तै, २०७७ साउन ४ गते क्रसर उद्योगमाथि कारबाही गरेपछि तनहुँका तत्कालीन सीडीओ बद्रिनाथ अधिकारीको पनि सरुवा भएको थयो। जिम्मेवारी सम्हालेको ४ महिना पुग्दानपुग्दै क्रसर व्यवसायीकै दबाबका कारण उनी तनहुँबाट सरुवा भएका थिए। अवैध उत्खनन् बन्दा गराउँदा सीडीओको समेत सरुवा हुने अवस्था भएपछि कतिपय प्रहरी अधिकारीले यस्तो काममा जोखिम नलिने गरेको एक अधिकारी बताउँछन्।

अवैध उत्खनन्मा संलग्नहरुको यतिसम्मको दादागिरी छ कि अवरोध गर्नेको सरुवादेखि हत्यासम्म गर्ने 'हिम्मत' राख्छन्, उनीहरु। यसैको उदाहरण हुन् धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतो। अवैध उत्खनन्‌मा अवरोध गरेको भन्दै २०७६ पुस तेस्रो साता उनको हत्या गरिएको थियो। 

औरही खोलाको बगरमा टिपरले गिटी बालुवा उत्खनन् गरेको थाहा पाएपछि रोक्न पुगेका उनलाई कुटेर हत्या गरी टिपरले किचिएको थियो। भलै, पछि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा केही व्यक्तिलाई पक्राउ गरेको थियो। 

क्रसरमा स्थानीय जनप्रतिनिधिदेखि गुण्डागर्दी गर्नेसम्मको लगानी हुने र उनीहरुको राजनीतिक नेतृत्वसँग राम्रो सम्बन्ध भएका कारण यस्ता घटना हुने गरेको प्रहरी अधिकारी बताउँछन्।

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  २०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो आईसीसी विश्वकप लिग-२ अन्तर्गत सोमबार ओमानलाई १० रनले पराजित गरेपछि एसीसीले सामाजिक सञ्जालमार्फत नेपालले ओडीआई मान्यता जोगाएको जनाएको... सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का १४ वर्ष... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्