काठमाडौं- नेपाली वायुसेवा कम्पनीमाथि युराेपियन युनियनले लगाएकाे प्रतिबन्ध पुन: ६ महिनाका लागि लम्बिएको छ।
सन् २०१३ देखि नेपाललाई इयूले सुरक्षा चासाे लिष्टमा राख्दै छ। हेरक ६/६ महिनामा हुने अपडेटमा नेपालमाथिको प्रतिबन्ध पुन: नहटेकाे हाे।
इयूले हेलिकप्टर दुर्घटनाकाे विषयलाई लिएर सुरक्षा चासाे लिष्टमा राखेकाे जनाउँदै आएपनि नेपालले चिनियाँ जहाज खरिदपछि प्रतिबन्ध लगाएकाे थियाे।
पछिल्लाे समय भने इयूले हवाई सेवा प्रदायक र नियामक निकाय अलग गर्न भनेकाे थियाे। तर, अलग गर्ने कानुन संसद्मा पुगेर राेकिएकाे थियाे।
नेपाल एयरलाइन्सले चिनियाँ जहाज नउडाउने घाेषणा गरेपछि प्रतिबन्ध फुकुवा हुने अपेक्षा गरिएकाे थियाे। यद्यपि अहिले पुन: ६ महिनाका लागि प्रतिबन्ध लम्बिएको हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।