भारत– बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी एक समस्यामा फसेका छन्। उनीहरुविरुद्ध मुम्बई प्रहरीले एफआईआर दर्ता गरेको छ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार कोरोना नियमको उल्लंघन गरेको अरोपमा श्राफ र पटानीविरुद्ध मुम्बई प्रहरीले एफआईआर दर्ता गरेको हो।
दिशा र टाइगर मंगलबार आफ्नो कारमा मुम्बईको सडकमा घुमिरहेका थिए। प्रहरीले जब यस बारेमा सोधखोज ग¥यो तब उनीहरु दुबैले कुनै ठोस कारण बताउन सकेनन्।
महाराष्ट्रमा १५ जुनसम्मका लागि लकडाउन बढाइएको छ र मुम्बईमा दिउँसो २ बजेपछि बाहिर निस्कन रोक लगाइएको छ।
एएनआईको एक रिपोर्ट अनुसार टाइगर र दिशा २ बजेपछि मुम्बईको बान्द्रा सडकमा घुमिरहेको देखेपछि प्रहरीले उनीहरुको गाडी रोकेर सोधपुछ गरेको थियो।
बाहिर घुम्न निस्कनुको कुनै उपयुक्त कारण नदिएपछि टाइगर र दिशाविरुद्ध कोरोना नियमको उल्लंघनको आरोपमा एफआईआर दर्ता गरिएको छ र उनीहरुविरुद्ध आइपीसीको धारा १८८ अनुसार कारवाही प्रकृया अघि बढाइने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।