काठमाडाैं- सन् २०५० सम्म कार्बन उत्सर्जनमा तटस्थताको लक्ष्य हासिल गर्ने नेपालको अभियानमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले साथ दिने भएको छ।
निगमले बुधबार वक्तव्य जारी गर्दै उक्त लक्ष्य हासिल गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको आकांक्षामा साथ दिने जनाएको हो।
हवाई उड्डयन क्षेत्रको अन्तर्राष्ट्रिय नियामक निकाय आईकाओसहित युरोपेली युनियन र दक्षिण एसियाली नागरिक उड्डयन साझेदारिताको पहलमा उत्सर्जन अनुगमन योजना (ईएमपी)को स्वीकृति प्राप्त गरेको पनि निगमले जनाएको छ ।
साथै, राष्ट्रिय ध्वजाबाहकले आईकाओको प्रावधानअनुसार सिंगापुरस्थित भेरिफाबियाको परीक्षण पनि सफलतापूर्वक सम्पन्न गर्दै उत्कृष्ट भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।