काठमाडाैं- बलिउड अभिनेत्री जुही चावलाले फाइभ जी स्वास्थ्यकाे लागि हानिकारक रहेकाे भन्दै दिल्ली उच्च अदालत रिट दायर गरेकी छिन्।
चावलासहित तीन जनाले स्वास्थ्यमा पार्न सक्ने प्रभावबारे सरकारी निकायले अनुसन्धान गर्नुपर्ने माग राख्दै अदालतमा रिट दायर गरेकी हुन्।
सञ्चार विभाग, विज्ञान तथा इन्जिनियरिङ अनुसन्धान बोर्ड, इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च, विश्व स्वास्थ्य संगठनलगायतलाई विपक्षी बनाएर दायर गरिएको रिट ५ हजार पृष्ठ लामो छ।
फाइभ जीले मानिस र वन्यजन्तुमा आरएफ रेडिएसन पैदा गर्ने र यसले सबैलाई निकै हानी गर्नसक्ने आशंका निवेदकहरुको छ।
जुहीले लागू नै गर्ने भए पनि यस सम्बन्ध प्रशस्त अनुसन्धान हुनुपर्ने र यसको निष्कर्ष जनतालाई देखाउन पनि माग गरेकी छिन्।
जुहीले लामो समयदेखि मोबाइल टावरबाट निस्कने हानिकारकको विरूद्धमा जनचेतना फैलाउने काम गर्दै आइरहेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।