राज कपूर (दाँया), दिलीप कुमार (बाँया) र देव आनंद (बीचमा) एक संगीत कार्यक्रमका क्रममा भारत– पाकिस्तान सरकारले पेशावरमा रहेको भारतीय अभिनेताहरु दिलीप कुमार र राज कपूरको पैतृक घरलाई आफ्नो नियन्त्रणमा लिएका छ। नियन्त्रणमा लिइएका ति घरलाई वास्तविक रुपमा संरक्षण गरिने पाकिस्तान सरकारको भनाइ छ।
हिन्दी फिल्मका यी दुई चर्चित हस्तीको जन्म पाकिस्तानको पेशावरको तिनै हवेलीमा भएको थियो।
पाकिस्तानी पुरातत्व र संग्रहालय विभागका निर्देशक डा अब्दुल समदका अनुसार पेशावरको उपायुक्तले ति हबेलीहरु पुरातत्व विभागलाई सुम्पिएसँगै त्यसलाई नियन्त्रणमा लिएर सिल गरिएको छ।
अधिकारीहरुका अनुसार अब ति भवनहरुको जीर्णोद्धारको काम सुरु हुनेछ त्यसका लागि यसको अनुमानित लागत निकालिने बीबीसी हिन्दीको एक समाचारमा उल्लेख गरिएको छ।
यी दुई कलाकारको अहिले बन्द रहेको घरलाई संरक्षण गरेर त्यसमा संग्रहालय बनाइने छ जहाँ उनीहरुका अलावा एक अन्य प्रमुख बलिउड अभिनेता शाहरुख खानसँग सम्बन्धित बस्तुको पनि संरक्षण गरिनेछ।
विभागका अनुसार यसबाट सांस्कृतिक पर्यटनमा वृद्धि हुनेछ।
दिलीप कुमारको घर पेशावरको चर्चित र ऐतिहासिक किस्सा ख्वानी बजारको मोहल्ला खुदादामा छ। दिलीप कुमारको नामबाट चर्चित मोहम्मद यूसुफ खानको जन्म ११ डिसेम्बर १९९२ मा सोही घरमा भएको थियो। उनी १९३० मा आफ्नो परिवारका साथ मुम्बई गएका थिए।
१९८८ मा जब दिलीप कुमार पाकिस्तान गए तव उनले पेशावरको पनि भ्रमण गरेको थिए। त्यहाँ गएको बेलामा उनी घर गएका थिए र ढोकालाई चुम्मन गर्दै आफ्नो बाल्यकालका यादहरुबारे मानिसहरुसँग भलाकुसारी गरेका थिए।
कपूर हवेली अहिले यस्तो अवस्थामा रहेको छ।त्यस्तै कपूरको हवेली पेशावरको दिलगरा क्षेत्रमा छ। बलिउडका कयौं सुपरस्टार दिएको कपूर परिवारको एक पीँढी सोही हवेलीमा जन्मिएको थियो।
हवेली १९१८–२२ को बीचमा बनाइएको थियो। राज कपूर पनि सोही हवेलीमा जन्मिएका थिए। देश विभाजनपछि उनको परिवार भारत गएको थियो।
तर दुबै कलाकारको घरको ठूलो हिस्सा भत्किएको छ र घरका अहिलेका मालिकले हवेली भत्काएर व्यापारिक कम्प्लेक्स बनाउने प्रयास गरेका थिए तर प्रशासनले त्यसलाई रोकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।