काठमाडौं- जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले ‘उठू मधेसी, जागू मधेसी’ बोलको गीत सार्वजनिक गरेका छन्। उनकै शब्द र स्वरमा रहेको गीत गीत मंगलबार सार्वजनिक भएको हो।
मैथली भाषाको गीतमा उठ्नुस मधेसी, जागनुस मधेसी, स्थापित गर्नुस् आफ्नो पहिचान, न अलमलिनुस्, नभुल्नुस्, बचाउनुस् आफ्नो स्वाभिमान लगायतका सन्देश व्यक्त गरिएका छन्।
गीतमा मौका चिन्न सकिएन भने सारा अधिकार गुम्ने, सहिदहरुको सपना र बलिदानी सबै ब्यर्थ हुने बताइएको छ। आफैं-आफैं नलड्नुस् नत्र संघर्ष पनि बेकार हुनेछ। भाषा, जाति, धर्मको नाउँमा लड्नुभयो र छुटिएर बस्नु भयो भने शासकवर्गले जेलझाल गरेर केही दिनेवाला छैनन्। त्यसकारण मिलेर र जुटेर बसौं भन्ने आह्वान गरिएको छ। ‘अहिलेको परिस्थितिमा सँगै बस्न प्रेरणा मिलोस् भनेर गीत सार्वजनिक गरेको हुँ’, झाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।