• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सुर्तीजन्य पदार्थ नियन्त्रण कानुन कार्यान्वयन नहुँदा चिन्ता, 'नयाँ मार्ग'प्रति सरोकारवालाको सन्देह

64x64
डिबी खड्का सोमबार, जेठ १७, २०७८  २१:४४
1140x725

काठमाडौं- सुर्तीजन्य पदार्थको सेवन निरुत्साहित गर्न सरोकारवालाले अनेक उपाय अवलम्बन गरिरहेका छन्। यसका उत्पादक त्यसको काउन्टर रणनीति बनाउन व्यस्त छन्। ‘सुर्तीजन्य कुलत त्याग्ने प्रतिज्ञा गर्नुहोस्, कुलत त्याग्नेहरु नै वास्तविक विजेता हुन्’ भन्ने नाराका साथ विश्व धूमपानरहित दिवसको अवसरमा आयोजित 'भर्चुअल' कार्यक्रममा सरोकारवालाहरुले यसरी सन्देह प्रकट गरेका हुन्।

यही विषयमा पैरवी गरिरहेको सामाजिक संस्था एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले उदाहरण प्रस्तुत गर्दै भने, 'कर्पोरेट हाउसको सामाजिक उत्तरदायित्व (सीआरएस)का नाममा स्वास्थ्य संस्था, सेलिब्रेटी, प्रभावशाली व्यक्ति र चिकित्सकसमेतलाई प्रभावित पार्ने काम भइरहेको छ। जबकि, त्यस्ता हानिकारक वस्तुको उत्पादन गर्ने संस्थाको दानदातव्यका लागि कानुनले स्पष्टरुपमा रोकेको छ।'

चन्दाका अनुसार यसबाहेक गीतसंगीतमा त्यस्ता उद्योगले लगानी गरेका छन्। कलाकारहरु त्यस्ता हानिकारक वस्तुलाई गीतको मुखडा बनाएर निर्धक्क गाइरहेका छन् र सानले सुर्तीजन्य पदार्थ सेवन गरेको दृश्य देखाइरहेका छन्।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, एक्सन नेपाल र द युनियनको संयुक्त आयोजनामा भएको वेबीनरमा सरकारको सजिलै आँखा छल्न सकिने क्षेत्रलाई प्रयोग भइरहेकोतर्फ सचेत गराउँदै उनले ध्यानाकृष्ट गराए। नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थको प्रयोगलाई न्यूनीकरण गर्न बनेको कानुन कार्यान्वयन हुन नसकेको समस्यासँगै थपिएका यी नयाँ समस्याका विषयमा सचेत हुनुपर्नेमा सरोकारवालाहरु एकमत छन्।

कार्यक्रममा बोल्दै विघटित प्रतिनिधि सभाका सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले नीति निर्माणमा आफूहरुले जोडबल गर्दा सफलतता हासिल भएको बताए। तर कार्यान्वयन भइरहेका कमजोरीले त्यो अर्थपूर्ण नभएको गुनासो गरे। उनको भनाइ थियो, 'कानुन कार्यान्वयन गर्ने सरकारी निकायका प्रतिनिधिहरु सुर्ती उद्योगको प्रभावमा परेको जस्तो देखिन्छ। हामीले १० वर्षअघि बनाएका कानुन अहिलेसम्म कार्यान्वयन गर्न किन सकेनौं? राज्यले बनाएको कानुन कार्यान्वयन गर्न नसक्नु लज्जाको विषय हो।'

त्यही कार्यक्रममा राष्ट्रिय सभाकी सांसद कोमल ओली यसको चंगुलमा परेकाहरुलाई बाहिर निकाल्ने उपाय र सफलताका कथालाई जोडतोडका साथ उठाउनुपर्ने बताउँदै थिइन्। आफ्नै निकटस्थहरुलाई यो कुलतबाट मुक्त गराउन गरिएका प्रयास सुनाउँदै उनले यस्तो बताएकी हुन्। उनको प्रतिबद्धता छ, 'मैले अहिलेसम्म यसको सेवनलाई बढाउने दिने गीत गाएकी छैन। काम गरेकी छैन। आगामी दिनमा आफ्नो ठाउँबाट आवाज उठाउनेछु।'

विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीले यसको नियन्त्रणका लागि सर्वपक्षीय सक्रियतामा जोड दिइन्। कुलतलाई स्वतन्त्रतासँग जोडेर भइरहेका गतिविधिहरुमा सचेत हुनुपर्ने बताइन्। उनले सुनाइन्, 'चुरोटको सेवनलाई महिलाको स्वतन्त्रतासँग जोडेर प्रचार गर्न थालिएको छ। यसलाई सानका रुपमा लिन थालिएको पाइन्छ। त्यहाँसम्म हाम्रो अभियान पुग्नुपर्छ।' परिवारका सदस्यहरुले आफूले सानै उमेरमा सेवनका लागि निरुत्साहित गरेर छुटाएको उनको अनुभूति थियो।

चिकित्साशास्त्र अध्ययन संस्थानकी डीन तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंहले यसले स्वास्थ्यमा पुर्‍याउने हानीका विषयलाई उजागर गरिन्। साथै आफ्नो संस्थालाई सहयोगका नाममा घुमाउरो रुपमा पार्ने खोजिने प्रभाव निस्तेजमा चनाखो हुने बताइन्।

Ncell 2
Ncell 2

मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले नसर्ने रोगहरुको मुख्य एउटा कारण सुर्तीजन्य पदार्थको सेवन रहेको बताउँदै यसलाई छाड्न र छाड्नका लागि पहल गर्न सुझाए। उनले कोरोनाका कारण सुर्तीजन्य पदार्थको केही घटेको बताउँदै युवालक्षित कार्यक्रम ल्याउनुपर्ने बताए। उनले भने, ‘कतिपय युवा तथा किशोर किशोरीले घरबाहिर जाँदामात्रै सुर्तीजन्य पदार्थको सेवन गर्ने रहेछन्। अहिले लकडाउनमा घरमा बस्दा त्यो रोकिएको छ। अर्को कोरोना संक्रमणमा सुर्तीजन्य पदार्थ सेवनकर्ताको फोक्सोमा छिटो क्षति हुन्छ भन्ने डरले पनि कतिपय सेवन गर्न छाडेका छन्।'

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले कोभिड महामारीका कारण सुर्तीजन्य पदार्थको नियमन तथा अनुगमन र यसलाई निरुत्साहित गर्ने कार्यक्रम ल्याउन नसकिएको स्वीकारे। अवस्था सामान्य हुनासाथ यसले प्राथमिकता पाउने उनको भनाइ थियो। यससँग सम्बन्धित केही कार्यक्रमले समेत निरन्तरता पाउन नसकेको उनको भनाइ थियो।

सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव रामकृष्ण सुवेदीले काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदा सूर्तीजन्य पदार्थको नियन्त्रणका भोगाइ स्मरण गर्दै चुनौती औंल्याए। आफू कानुनी झमेलामा परेको बताउँदै उनले सम्बन्धित मन्त्रालयलेसमेत साथ नदिएको उल्लेख गरे। सरकारी अधिकारीहरु यस्ता उद्योगको प्रलोभनमा फस्ने गरेको तीतो यथार्थ सुनाउँदै आफू अन्तर्गतका निकायले नियन्त्रणमा जोड दिन निरन्तर निर्देशन दिइरहेको बताए।

द युनियन एसिया प्यासिफिक क्षेत्रका निर्देशक डा. तारासिंह बम सुर्ती नियन्त्रणसम्बन्धी नेपालले राम्रा नीति निर्माण गरे पनि कार्यान्वयनमा प्रश्न उठाए। उनको भनाइ थियो, 'अर्थ मन्त्रालयको राजस्व परामर्श समितिमा सुर्ती उद्योगका प्रतिनिधि सहभागी हुने गरेका छन्। जुन कानुनअनुसार मिल्दैन।' सुर्तीजन्य पदार्थमा सबैभन्दा बढी प्रतिशत चेतावनीमुलक चित्र छाप्ने व्यवस्था गरेको नेपालको सिको गर्दै भारत, श्रीलंका टिमोर लिस्टेलगायतका धेरै देशहरुले कानुन बनाएको स्मरण गर्दै उनले अहिले ती देशमा प्रभावकारी रुपमा कानुन कार्यान्वयन भएको तर नेपालमा नहुनु विडम्वनापूर्ण रहेको बताए।

कानुन कार्यान्वयनका लागि सरकारी र सरोकारवालाको सक्रियताका विषयमा पनि उनको गुनासो रह्यो। उनले अमिलो पोखे, 'विशेष दिनका अवसरमा कुरा गर्ने र अरु बेला वास्ता नगर्ने हो भने कुरा गर्नुको अर्थ छैन। अहिले बनाएका प्रस्तुतिहरु अर्को वर्ष मिति परिवर्तन गरेर पढे भइहाल्छ।' यस वर्ष विश्व स्वास्थ्य संगठनले सूर्तीजन्य पदार्थ सेवन त्‍याग्नमा प्रोत्साहित गर्ने लक्ष्य लिए पनि त्यसको अर्थ कानुन कार्यान्वयन पनि रहेको उनको भनाइ थियो।

यसैगरी विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजी राव पाण्डवले सुर्तीजन्य पदार्थको प्रयोगले हुने जनस्वास्थ्यका हानीका बारेमा उल्लेख गरे। उनले भने, 'यसको प्रयोग रोक्नु र प्रयोग गरिसकेकाहरुलाई त्याग्ने भावना जागृत गराउनु अहिलेको आवश्यकता हो। यसको प्रयोगले विश्वभर वर्षेनी ८० लाखभन्दा बढी व्यक्तिको मृत्यु हुन्छ। सेवन गर्ने व्यक्तिको नजिक बस्ने तर प्रत्यक्षरुपमा धूमपान नगर्ने करिब १२ लाख व्यक्तिको ज्यान जान्छ।'

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले कानुन कार्यान्वयनमा गृह मन्त्रालयको भूमिका कानुनमै स्पष्ट व्यवस्था भएको बताइन्। स्वास्थ्य मन्त्रालयले त्यसका लागि अनुरोध गरे पनि गम्भीररुपमा नलिँदा नियमनमा अवरोध आइरहेको उनले उल्लेख गरिन्। 'हामीले कोरोना कहरकाबीच सरोकारवालाको सहयोगमा गाइडलाइनहरु बनाउने, स्वास्थ्य सचेतनाका सामग्री बनाउने काम गरिरहेका छौं,' उनले भनिन्।

कार्यक्रममा हेल्थ इकोनोमिस्ट डा. देवी प्रसाईंले सुर्तीजन्य पदार्थमा कर बढाउने र प्रयोग घटाउने रणनीतिको बारेमा बताए। उनले एकैपटक धेरै कर बढाउन सम्भव नभएपछि कर बढाउँदै लैजान आफूहरुले जोड दिइरहेको बताए। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा प्रशासक डा. भक्त केसीले नेपालमा पछिल्लो सुर्तीजन्य पदार्थको प्रयोगको अवस्था, सरकारले गरेका र गर्दै गरेका कामहरुको बारेमा जानकारी गराएका थिए।

स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले स्वास्थ्य पत्रकारहरुले कानुन कार्यान्वयनका लागि निरन्तर पैरवी र खबरदारी गरिरहेको उल्लेख गरे।

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  २१:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
पूर्वन्यायाधीश शर्माको संयोजकत्वमा सहकारी बेथिति छानबिन आयोग गठन शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्