• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सुर्तीजन्य पदार्थ नियन्त्रण कानुन कार्यान्वयन नहुँदा चिन्ता, 'नयाँ मार्ग'प्रति सरोकारवालाको सन्देह

64x64
डिबी खड्का सोमबार, जेठ १७, २०७८  २१:४४
1140x725

काठमाडौं- सुर्तीजन्य पदार्थको सेवन निरुत्साहित गर्न सरोकारवालाले अनेक उपाय अवलम्बन गरिरहेका छन्। यसका उत्पादक त्यसको काउन्टर रणनीति बनाउन व्यस्त छन्। ‘सुर्तीजन्य कुलत त्याग्ने प्रतिज्ञा गर्नुहोस्, कुलत त्याग्नेहरु नै वास्तविक विजेता हुन्’ भन्ने नाराका साथ विश्व धूमपानरहित दिवसको अवसरमा आयोजित 'भर्चुअल' कार्यक्रममा सरोकारवालाहरुले यसरी सन्देह प्रकट गरेका हुन्।

यही विषयमा पैरवी गरिरहेको सामाजिक संस्था एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले उदाहरण प्रस्तुत गर्दै भने, 'कर्पोरेट हाउसको सामाजिक उत्तरदायित्व (सीआरएस)का नाममा स्वास्थ्य संस्था, सेलिब्रेटी, प्रभावशाली व्यक्ति र चिकित्सकसमेतलाई प्रभावित पार्ने काम भइरहेको छ। जबकि, त्यस्ता हानिकारक वस्तुको उत्पादन गर्ने संस्थाको दानदातव्यका लागि कानुनले स्पष्टरुपमा रोकेको छ।'

चन्दाका अनुसार यसबाहेक गीतसंगीतमा त्यस्ता उद्योगले लगानी गरेका छन्। कलाकारहरु त्यस्ता हानिकारक वस्तुलाई गीतको मुखडा बनाएर निर्धक्क गाइरहेका छन् र सानले सुर्तीजन्य पदार्थ सेवन गरेको दृश्य देखाइरहेका छन्।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, एक्सन नेपाल र द युनियनको संयुक्त आयोजनामा भएको वेबीनरमा सरकारको सजिलै आँखा छल्न सकिने क्षेत्रलाई प्रयोग भइरहेकोतर्फ सचेत गराउँदै उनले ध्यानाकृष्ट गराए। नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थको प्रयोगलाई न्यूनीकरण गर्न बनेको कानुन कार्यान्वयन हुन नसकेको समस्यासँगै थपिएका यी नयाँ समस्याका विषयमा सचेत हुनुपर्नेमा सरोकारवालाहरु एकमत छन्।

कार्यक्रममा बोल्दै विघटित प्रतिनिधि सभाका सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले नीति निर्माणमा आफूहरुले जोडबल गर्दा सफलतता हासिल भएको बताए। तर कार्यान्वयन भइरहेका कमजोरीले त्यो अर्थपूर्ण नभएको गुनासो गरे। उनको भनाइ थियो, 'कानुन कार्यान्वयन गर्ने सरकारी निकायका प्रतिनिधिहरु सुर्ती उद्योगको प्रभावमा परेको जस्तो देखिन्छ। हामीले १० वर्षअघि बनाएका कानुन अहिलेसम्म कार्यान्वयन गर्न किन सकेनौं? राज्यले बनाएको कानुन कार्यान्वयन गर्न नसक्नु लज्जाको विषय हो।'

त्यही कार्यक्रममा राष्ट्रिय सभाकी सांसद कोमल ओली यसको चंगुलमा परेकाहरुलाई बाहिर निकाल्ने उपाय र सफलताका कथालाई जोडतोडका साथ उठाउनुपर्ने बताउँदै थिइन्। आफ्नै निकटस्थहरुलाई यो कुलतबाट मुक्त गराउन गरिएका प्रयास सुनाउँदै उनले यस्तो बताएकी हुन्। उनको प्रतिबद्धता छ, 'मैले अहिलेसम्म यसको सेवनलाई बढाउने दिने गीत गाएकी छैन। काम गरेकी छैन। आगामी दिनमा आफ्नो ठाउँबाट आवाज उठाउनेछु।'

विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीले यसको नियन्त्रणका लागि सर्वपक्षीय सक्रियतामा जोड दिइन्। कुलतलाई स्वतन्त्रतासँग जोडेर भइरहेका गतिविधिहरुमा सचेत हुनुपर्ने बताइन्। उनले सुनाइन्, 'चुरोटको सेवनलाई महिलाको स्वतन्त्रतासँग जोडेर प्रचार गर्न थालिएको छ। यसलाई सानका रुपमा लिन थालिएको पाइन्छ। त्यहाँसम्म हाम्रो अभियान पुग्नुपर्छ।' परिवारका सदस्यहरुले आफूले सानै उमेरमा सेवनका लागि निरुत्साहित गरेर छुटाएको उनको अनुभूति थियो।

चिकित्साशास्त्र अध्ययन संस्थानकी डीन तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंहले यसले स्वास्थ्यमा पुर्‍याउने हानीका विषयलाई उजागर गरिन्। साथै आफ्नो संस्थालाई सहयोगका नाममा घुमाउरो रुपमा पार्ने खोजिने प्रभाव निस्तेजमा चनाखो हुने बताइन्।

Ncell 2
Ncell 2
nimb
nimb

मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले नसर्ने रोगहरुको मुख्य एउटा कारण सुर्तीजन्य पदार्थको सेवन रहेको बताउँदै यसलाई छाड्न र छाड्नका लागि पहल गर्न सुझाए। उनले कोरोनाका कारण सुर्तीजन्य पदार्थको केही घटेको बताउँदै युवालक्षित कार्यक्रम ल्याउनुपर्ने बताए। उनले भने, ‘कतिपय युवा तथा किशोर किशोरीले घरबाहिर जाँदामात्रै सुर्तीजन्य पदार्थको सेवन गर्ने रहेछन्। अहिले लकडाउनमा घरमा बस्दा त्यो रोकिएको छ। अर्को कोरोना संक्रमणमा सुर्तीजन्य पदार्थ सेवनकर्ताको फोक्सोमा छिटो क्षति हुन्छ भन्ने डरले पनि कतिपय सेवन गर्न छाडेका छन्।'

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले कोभिड महामारीका कारण सुर्तीजन्य पदार्थको नियमन तथा अनुगमन र यसलाई निरुत्साहित गर्ने कार्यक्रम ल्याउन नसकिएको स्वीकारे। अवस्था सामान्य हुनासाथ यसले प्राथमिकता पाउने उनको भनाइ थियो। यससँग सम्बन्धित केही कार्यक्रमले समेत निरन्तरता पाउन नसकेको उनको भनाइ थियो।

सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव रामकृष्ण सुवेदीले काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदा सूर्तीजन्य पदार्थको नियन्त्रणका भोगाइ स्मरण गर्दै चुनौती औंल्याए। आफू कानुनी झमेलामा परेको बताउँदै उनले सम्बन्धित मन्त्रालयलेसमेत साथ नदिएको उल्लेख गरे। सरकारी अधिकारीहरु यस्ता उद्योगको प्रलोभनमा फस्ने गरेको तीतो यथार्थ सुनाउँदै आफू अन्तर्गतका निकायले नियन्त्रणमा जोड दिन निरन्तर निर्देशन दिइरहेको बताए।

द युनियन एसिया प्यासिफिक क्षेत्रका निर्देशक डा. तारासिंह बम सुर्ती नियन्त्रणसम्बन्धी नेपालले राम्रा नीति निर्माण गरे पनि कार्यान्वयनमा प्रश्न उठाए। उनको भनाइ थियो, 'अर्थ मन्त्रालयको राजस्व परामर्श समितिमा सुर्ती उद्योगका प्रतिनिधि सहभागी हुने गरेका छन्। जुन कानुनअनुसार मिल्दैन।' सुर्तीजन्य पदार्थमा सबैभन्दा बढी प्रतिशत चेतावनीमुलक चित्र छाप्ने व्यवस्था गरेको नेपालको सिको गर्दै भारत, श्रीलंका टिमोर लिस्टेलगायतका धेरै देशहरुले कानुन बनाएको स्मरण गर्दै उनले अहिले ती देशमा प्रभावकारी रुपमा कानुन कार्यान्वयन भएको तर नेपालमा नहुनु विडम्वनापूर्ण रहेको बताए।

Xtrem

Xtrem

कानुन कार्यान्वयनका लागि सरकारी र सरोकारवालाको सक्रियताका विषयमा पनि उनको गुनासो रह्यो। उनले अमिलो पोखे, 'विशेष दिनका अवसरमा कुरा गर्ने र अरु बेला वास्ता नगर्ने हो भने कुरा गर्नुको अर्थ छैन। अहिले बनाएका प्रस्तुतिहरु अर्को वर्ष मिति परिवर्तन गरेर पढे भइहाल्छ।' यस वर्ष विश्व स्वास्थ्य संगठनले सूर्तीजन्य पदार्थ सेवन त्‍याग्नमा प्रोत्साहित गर्ने लक्ष्य लिए पनि त्यसको अर्थ कानुन कार्यान्वयन पनि रहेको उनको भनाइ थियो।

यसैगरी विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजी राव पाण्डवले सुर्तीजन्य पदार्थको प्रयोगले हुने जनस्वास्थ्यका हानीका बारेमा उल्लेख गरे। उनले भने, 'यसको प्रयोग रोक्नु र प्रयोग गरिसकेकाहरुलाई त्याग्ने भावना जागृत गराउनु अहिलेको आवश्यकता हो। यसको प्रयोगले विश्वभर वर्षेनी ८० लाखभन्दा बढी व्यक्तिको मृत्यु हुन्छ। सेवन गर्ने व्यक्तिको नजिक बस्ने तर प्रत्यक्षरुपमा धूमपान नगर्ने करिब १२ लाख व्यक्तिको ज्यान जान्छ।'

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले कानुन कार्यान्वयनमा गृह मन्त्रालयको भूमिका कानुनमै स्पष्ट व्यवस्था भएको बताइन्। स्वास्थ्य मन्त्रालयले त्यसका लागि अनुरोध गरे पनि गम्भीररुपमा नलिँदा नियमनमा अवरोध आइरहेको उनले उल्लेख गरिन्। 'हामीले कोरोना कहरकाबीच सरोकारवालाको सहयोगमा गाइडलाइनहरु बनाउने, स्वास्थ्य सचेतनाका सामग्री बनाउने काम गरिरहेका छौं,' उनले भनिन्।

कार्यक्रममा हेल्थ इकोनोमिस्ट डा. देवी प्रसाईंले सुर्तीजन्य पदार्थमा कर बढाउने र प्रयोग घटाउने रणनीतिको बारेमा बताए। उनले एकैपटक धेरै कर बढाउन सम्भव नभएपछि कर बढाउँदै लैजान आफूहरुले जोड दिइरहेको बताए। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा प्रशासक डा. भक्त केसीले नेपालमा पछिल्लो सुर्तीजन्य पदार्थको प्रयोगको अवस्था, सरकारले गरेका र गर्दै गरेका कामहरुको बारेमा जानकारी गराएका थिए।

स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले स्वास्थ्य पत्रकारहरुले कानुन कार्यान्वयनका लागि निरन्तर पैरवी र खबरदारी गरिरहेको उल्लेख गरे।

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  २१:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्