काठमाडाैं- हलिउड फिल्म सिरिज ‘टार्जनः द इपिक एडेभञ्चर्स’ का अभिनेता जोय लारा र उनको श्रीमतीसहित ७ जनाले विमान दुर्घटनामा ज्यान गुमाएका छन्।
अमेरिकाको नासभिली सहर नजिकैको तालमा उनीहरु सवार विमान दुर्घटना भएकाे बताइन्छ। स्थानीय अधिकारीका उनीहरु सबैको मृत्यु घटनास्थलमै भएकाे थियाे।
रदरफोर्ड काउन्टी फायर एण्ड रेस्क्यू (आरसीएफआर) ले सामाजिक सञ्जालमा पोस्ट गरेकाे रिपोर्ट अनुसार१९८२ सेसन सी५०१ नम्बरको सानो जेट विमान शनिबार बिहान ११ बजे दुर्घटनाग्रस्त भएकाे थियाे।
उक्त विमान स्माइर्नाको रदरफोर्ड एयरपोर्टबाट फ्लोरिडाको पाम बिचका लागि उडेकाे थियाे। विमान पर्सी प्रिस्ट तालमा खसेकाे बताइन्छ।
यो दक्षिणी नासभिलीबाट १२ दूरीमा पर रहेकाे बताइन्छ। सीएनएनका अनुसार संघीय उड्डयन प्रशासनले विमानमा ७ जना सवार भएकाे पुष्टि गरेकाे छ।
गोताखोरले तालबाट विमानका विभिन्न टुक्रा तथा मानिसका अंग फेला पारेका छन्।मृतक अन्य पाँचको पनि पहिचान भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।