भारत– बलिउड अभिनेताहरुको आलिशान बंगला तथा उनीहरुको जीवनशैलीबारे चर्चा हुने गरेको छ। बलिउडमा कयौं स्टार छन् जो एक फिल्ममा काम गर्नका लागि करोडौं रुपैयाँ लिन्छन्।
उनीहरुको लाइफस्टाइल त्यसहिसाबमा पनि शानदार हुने गरेको छ।
कयौं स्टारहरुले आलिशान भवन जोडेका छन्। यसैबीच एक नयाँ नाम पनि यो लिस्टमा थपिएको छ। दिग्गज अभिनेता अजय देवगनको नाम यो लिस्टमा थपिएको हो।
मुम्बइमा जन्मिएका देवगनले जुहू नजिकको सोसाइटीमा एक नयाँ बंगला किनेको समाचारहरु भारतीय फिल्म क्षेत्रमा चर्चामा रहेको छ।
उनले खरिद गरेको बंगलाको मूल्य ७० करोड भारतीय रुपैयाँ रहेको भारतीय अनलाइनहरुमा समाचार प्रकाशन भएको छ।
टाइम्स अफ इन्डियाको एक रिपोर्ट अनुसार देवगनले जुहूस्थित आफ्नो मौजुदा घर ‘शान्ति’को नजिक बंगला किनेका हुन्। यो बंगला ५९० स्कायर यार्डमा फैलिएको जनाइएको छ। अजय देवगनको सचिवालयले बंगला खरिद गरेको पुष्टि गरेको हो।
तर उनले यसको मूल्यबारे भने खुलाएनन्।
अजयको यो बंगलाको नजिक ऋतिक रोशन, अमिताभ बच्चन, धर्मेन्द र अक्षय कुमारको बंगला पनि छ। सन् २०००को नोभेम्बर डिसेम्बरमा नै यो बंगलाका बारेमा कुरा चलिरहृेको र कपोलको अपरेटिव हाउजिङ सोसाइटीले बंगला ७ मेका दिन वीणा वीरेन्द्र देवगन र अजय देवगनको नाममा पास गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।