काठमाडाैं- अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले आगामी निर्वाचनका लागि यथेष्ट बजेट छुट्याएको बताएका छन्।
शनिबार अध्यादेशमार्फत् सार्वजनिक गरिएको बजेटबारे जानकारी दिन आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त जानकारी दिएका हुन्। तर कति बजेट छुट्याइयो भन्ने उनले खुलाएनन्।
'सरकारले आगामी निर्वाचनका लागि बजेट नै छुट्याएन भन्ने टिप्पणी सुनियो,' उनले भने, 'निर्वाचान लोकतन्त्रको आधारस्तम्भ हो। त्यसैले आगामी निर्वाचन जसरी पनि गर्नुपर्छ, त्यसको लागि यथेष्ट बजेट छुट्याएका छाैं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।