काठमाडौं– सरकारले ताप्लेजुङको सुकेटार विमानस्थको नाम फेर्न खोजेको भन्दै योगेश भट्टराईले विरोध गरेका छन्।
आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त विमानस्थलको नाम रवीन्द्र अधिकारीको नामबाट राख्ने बताएपछि यसको विरोध सुरु भएको हो।
पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले पनि यसको खण्डन गर्दै ऐेतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरूको परिचय बदल्नु भन्दा अघि त्यसको आवश्यकता, औचित्यका, सान्दर्भिकता र परिणामबारेछलफल गर्नुपर्ने बताएका छन्।
स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र विमर्शविना आफूखुसी गर्न नहुने भट्टराईको भनाइ छ।
‘असल काम पनि असल नियत र सही प्रकृयाबाट गरियो भनेमात्र सही परिणाममा पुग्न सकिन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्यथा बरबाद, विभाजन र अनावश्यक तनाब मात्र झेल्नु पर्दछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।