काठमाडौं– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले अध्यादेशमार्फत ल्याइएको आगामी आर्थिक वर्षको बजेट अत्यधिक ऋणभारयुक्त भएको टिप्पणी गरेका छन्।
शनिबार अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाट सार्वजनिक गरेको बजेट लोकप्रियतावादी, वितरणमुखी र 'फोकस-हीन' भएको पनि मिश्रको टिप्पणी छ।
बजेटले भ्रष्टाचार न्यूनीकरण, सुशासन र सरकारी संयन्त्रको क्षमता अभिवृद्धितर्फ चासो नदिएको पनि मिश्रले बताएका छन्।
'बजेट लोकप्रियतावादी, वितरणमुखी, 'फोकस-हीन', अत्यधिक ऋणभारयुक्त छ,' सामाजिक बजेटबारे टिप्पणी गर्दै मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, 'भ्रष्टाचार न्यूनीकरण, सुशासन र सरकारी संयन्त्रको क्षमता अभिवृद्धिबिना बजेटले न त तोकिएका लक्षहरू हासिल गर्न सक्छ न त भ्रष्टाचारहित ढङ्गबाट प्रभावकारीरूपमा त्यो खर्च हुन सक्छ। त्यसतर्फ कुनै चासो देखिएन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।