काठमाडाैं- कामचलाउ सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन्।
बजेटमा चालु खर्चका लागि ६ खर्ब ७८ अर्ब, पुँजीगत (विकास) खर्चका लागि ३ खर्ब ४७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
सरकारले बजेट स्रोतको रुपमा आगामी वर्ष १० खर्ब २४ अर्ब राजस्वबाट उठाउने लक्ष्य राखेको छ। यस्तै, ६३ अर्ब ३७ करोड अनुदान आउने अनुमान गरेको छ। तीन खर्ब नाै अर्ब रुपैयाँ वैदेशिक ऋण र दुई खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट स्रोत व्यवस्थापन गर्ने लक्ष्य राखेको छ।
यसपालि सबभन्दा धेरै शिक्षा क्षेत्रमा बजेट विनियोजन गरिएको छ। सरकारले शिक्षामा १ खर्ब ८० अर्ब रुपैयाँ बजेट छुट्याएको छ।त्यस्तै गरी स्वास्थ्यमा १ खर्ब २२ अर्ब बजेट बिनियोजन गरिएको छ।
सरकारले प्रतिनिधि सभा र स्थानीय तह निर्वाचनका लागिसमेत आवश्यक बजेट बिनियोजन गरेको अर्थमन्त्री पौडेलले उल्लेख गरेका छन्।
बजेटमा समेटिएका धेरै कार्यक्रम आउँदो निर्वाचनलाई लक्ष्यित गरेर ल्याइएका छन्। कोरोना महामारीसँग जुध्ने बजेट ल्याउने घोषणा गरेका अर्थमन्त्री पौडेलले निर्वाचनमा राजनीतिक लाभ लिने प्रमुख उद्देश्य बजेटमा राखेको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।