काठमाडौं–सरकारले कोभिडि १९ विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
विश्वका थोरै मुलुकसँगै नेपाल खोप लगाउने देशमा रहेको बताउँदै सवै नागरिकलाई नि:शुल्क खोप उपलब्ध गराउने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्।
बजेट सार्वजनिक गर्दै उनले यसका लागि पहल भइरहेको बताए।
यसैगरी कोभिड उपचारका लागि सेन्टर कमान्ड प्रणाली निर्माण गरिने बताइएको छ।
यसले उपचारका एकरुपताका साथै भेन्टिलेटर, आईसीयू, एचडीयूलगायतको उपलब्धताको रेकर्ड राख्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।