काठमाडाैं– अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद नहुँदाँअध्यादेशबाट बजेट ल्याउन परेको बताएका छन्।
महामारी नियन्त्रणका लागि सरकारले प्रयास जारी राखेकाे उनाकाे भनाइ छ। याे वर्ष महामारीका कारण धेरैले रोजगारी गुमाउन परेको र ज्यान गुमाउन परेको अर्थमन्त्री पौडेलले बताए। चुनौतीहरु थपिएको भन्दै उनले जीवनरक्षाको अभिभारालाई प्रमुख लक्ष्य बनाएको बताए।
विकास र समृद्धको सपनालाई पूरा गर्दै समृद्ध नेपाल र सुखी नेपाली बनाउने बलियो आधारा तयार भएको उनले दावी गरे।
सरकारले उल्लेख्य सफलता पनि हासिल गरेको उनले बताए। मेलम्ची, माथिल्लो तामाकोशी र धरहरा निर्माण सरकारकाे उल्लेख काम भएको दावीसमेत उनले गरे।
सवैको सुझावलाई महत्व दिँदै बजेट ल्याएको उनका भनाइ छ। चालु आवकाे आर्थिक वृद्धिदर ४ प्रतिशत रहने बताउँदै उनले महामारीका कारण चुनौती हुने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।