काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले सरकारले जीवन रक्षालाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेको बताएका छन्।
शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्षक २०७८/७९ को बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले कोभिडका कारण विकास र सम्बृतिमा गम्भीर असर परेको पनि बताए।
'श्रमिकले काम र रोजगारी गुमाएका छन्। संकटको यस समयमा जीवन रक्षालाई सबैभन्दा ठूलो प्राथमिकता मानेको छ,' पौडेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।