काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट आउँदो आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरिरहेका छन्।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट पेस गर्नुपर्ने भए पनि सरकारले अध्यादेशमाफत् आउँदो वर्षको बजेट ल्याएको हो। अर्थमन्त्रीले सिंहदरबारमा आयोजित एक कार्यक्रममा बजेट प्रस्तुत गरेका हुन्।
बजेट ल्याउने पूर्वसन्ध्यामा सरकारले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि यसपालिको बजेट विधायिकाभन्दा बाहिरबाट ल्याइएको हो।
यसपालि प्रि–बजेट छलफल तथा बजेटका प्राथमिकता र सिद्धान्तसँगै सरकारको नीति तथा कार्यक्रम पनि संसदमा प्रस्तुत भएन।
बजेट ल्याउनका लगि मन्त्रिपरिषद्को सिफारिसमा शनिबार दिउँसो राष्ट्रपतिले तीन वटा अध्यादेश जारी गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।