काठमाडौं– सरकारले ज्येष्ठ नागरिकसहितलाई प्रदान गर्ने गरिएको सामाजिक सुरक्षा भत्ता बढाएको छ।
आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत सरकारले सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) १ हजार रुपैयाँ बढाउने घोषणा गरेको गरेको हो।
अहिले ३ हजार रुपैयाँ रहेको वृद्धि भत्ता बढाएर सरकारले ४ हजार रुपैयाँ बनाएको हो।
योसँगै सरकारले सबै शीर्षकमा वितरण हुने सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतका दरले बढाएको हो।
सामाजिक सुरक्षा भत्ताका लागि सरकारले १ खर्ब रुपैयाँ विनियोजन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।